News Portal

वडाध्यक्षको मनपरिले विपन्न परिवारले पाएन सहयोग

हिमालीसंचार संवाददाता
५११ पटक

दैलेख – दैलेखको आठविस नगरपालिका-५ पिपलकोटस्थित हस्तना विकको परिवार दशैंको मुखमा बेखर्ची बनेका छन्। ६ छोराछोरी रहेका उनको परिवारमा श्रीमानको मृत्युपछि घर खर्च चलाउन गाह्रो भएको हो। वडा कार्यालयले सिफारिस नदिदाँ सहयोग गर्ने संस्थालेसमेत हस्तनाको परिवारलाई राहत नदिएको हो।

कोरोना भाइरसको संक्रमणले गाउँमा समेत काम नपाएपछि घरमा विहान बेलुकाको खर्च नभएर बेखर्ची हुनुपरेको उनी बताउँछिन्। ‘गाउँमा कति दिन मागेर खर्च चलाउने ?’ हस्तना भन्छिन्-‘वडा र संस्थामा गुहार मागेपनि कहिले के कहिले के भनेर दिदैनन्।

उनलाई वडाले विपन्न वर्गको सिफारिस बनाएर संस्थाले सहयोग गर्ने भनेपछि सिफारिस लिन वडामा जाँदा नपाएपछि दुखित बनेकी छिन्। उहाँहरुको राजनिति के हो हामी जस्तालाई थाहा हुँदैन्, उनले भनिन्। हामीलाई राहत वडाले नदिए संस्थाले दिन्छु भन्दा सिफारिस नै पाईएन्।

उनका ४ वर्षदेखी १३ वर्षसम्मका ६ वटा साना छोराछोरी छन्। घरमा खाने अन्न नभएको बेला गरिवलाई राहत दिन वडाले कुनै कार्य नगरेको आरोप उनीहरुको छ। उनी एक प्रतिनिधि पात्र भएपनि वडामा धेरै विपन्न वर्गहरुको घरमा यसपालीको दशैं कोभिडका कारण खल्लो हुदैछ।

आफुहरुले सोसेक भन्ने संस्थालाई वडामा काम गर्न नदिने अघिल्लो वर्ष नै निर्णय गरिएको कारण सिफारिस नदिएको वडाध्यक्ष कर्णबहादुर आलोले बताए। वडाले उहाँहरुलाई आर्यआर्जनका साना कार्यक्रम दिएको र आगामी वर्षपनि दिने तर, आफुहरुले प्रतिवन्ध लगाएको संस्थाको कुनै पनि कार्यक्रम स्विकार नगर्ने वडाध्यक्ष आलोले बताए।

स्थानीयहरुले भने राजनिति प्रतिशोधका कारण वडाध्यक्षले वडामा आएको कार्यक्रम रोक्ने निर्णय गर्नु गलत भएको बताएका छन्। वडाले पार्टीगत रुपमा कार्यकर्ता छानेर कार्यक्रमहरु विभेदपूर्ण रुपमा बाँड्ने गरेको समेत स्थानीयले गुनासो गरेका छन्।

गरिव, अतिविपन्न परिवारका लागि दशैंमा राहतको कुनै पनि प्याकेज नल्याएको र संस्थाले सहयोग गर्छु भन्दापनि गाउँमा रोकेको आरोप नेपाली काँग्रेस आठविस नगरपालिकाले लगाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...