News Portal

धरानमा कोरोना संक्रमित संख्या ह्वात्तै बढ्यो, ३० जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३५७ पटक

धरान – धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।धरानमा पछिल्लो समय दैनिक १ सयको हाराहारीमा कोरोना संक्रमित थपिन थालेपछि दैनिक जसो कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।

धरान उपमहानगरपालिकाको कुन वडामा कति कोरोना संक्रमित थपिए र काहा को संक्रमित भएर मृत्यु भयो भन्ने हेक्का हुन छाडेको छ ।आइतबार साँझ धरान वडा नं. १९ स्थित केही दिन अघि कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेकी एक ७० वर्षीय बृद्धा महिलाको मृत्यु भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार मृतकको दोस्रो पटक पिसिआर परीक्षण गर्दा पनि कोरोना पोजेटिभ नै रिपोर्ट आएको थियो । उनको आइतबार बिहान होम आइसोलेसनमै मृत्यु भएको हो । यो सँगै धरानमा आइतबार मात्रै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एकै दिन ३ जना पुगेको छ ।

त्यस्तै, धरान १४ निवासी कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको तर कोरोना परीक्षण नगरिएकी एक जना महिलाको पनि आइतबार मृत्यु भएको छ । उनलाई कोरोनाकै जस्तो लक्षण देखिएको थियो । तर कोरोना परीक्षण भने गरिएन । स्वास्थ्य सावधानी अपनाएर दाहसंस्कार गरिएको बताइएको छ। उनको दाहसंस्कारका लागि धरान उपमहानगरपालिकाबाट केही थान पिपिई सेट, मास्क, पन्जा उपलब्ध गराएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताएका हुन्। 

नेपाल सरकारले पछिल्लो स्वास्थ्य प्रोटोकल अनुसार मृत्युपछि पिसिआर परीक्षण नगर्नु भनिएकोले धरानमा आशङ्का गरिएको महिलाको मृत्युपछि स्वाब नलिइएको हो। 

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...