आज : २०२६-०७-२८, मङ्गलबार

कबिता

– गोबिन्द मल्ल

ख्याल ख्यालमै
जीवन बितिगो
पर्देश धाउँदा धाउँदै।
मनमा शान्ती कहिले छाएन
चिसो ओछ्यानमा
रात हेर्दा हेर्दै।

कहिले चौपट्टै गर्मी
शरीर भरी नुनिलो पानी पुछ्दा पुछ्दै।
कहिले निशासिन्छ,आफ्नै शरीर
सेलाउँछ ढुकढुकी स्वास फेर्दा फेर्दै।

कहिले चिसो हावा
मुटु नै छेड्छ कि जस्तो
तैपनी जानू पर्छ
काममा आँखा मिच्दा मिच्दै।

कसैका मरेर गए
कसैका पूरा भए
रहरहरु यहाँ सुन्दर सपनाहरु बुन्दा बुन्दै।

रुपा ४ सिद्ध कास्की