News Portal

सुनसरीमा प्रहरीद्वारा अनुसन्धान तथा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउने सम्मानित

हिमालीसंचार संवाददाता
३७३ पटक

धरान – जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान तथा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउने एक सञ्चारकर्मी सहित ११ जना व्यक्तिहरूलाई प्रहरीले सम्मान गरेको छ ।

जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न क्षेत्रमा रहेर सुनसरी जिल्लाका प्रहरीलाई अपराध अनुसन्धानमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । प्रहरी दिवसको सन्दर्भ पारेर सुनसरी प्रहरीले त्यस्ता ब्याक्तित्वहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरू इनरुवा नगरपालिका-३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका-७ का रमेश यादव, इनरुवा नगरपालिका-३ का जिनियस निरौला रामधुनि नगरपालिका-१ कि सञ्चारकर्मी रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा-६ का जीवन पराजुली रहेका छन् ।

अन्य निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका-४ का हाजी इसराइल मन्सुरी, इटहरी उपमहानगरपालिका-४ का खगेन्द्र श्रेष्ठ, इनरुवा नगरपालिका-३ का जय प्रकाश शाह,कोसी गाउँपालिका-८ का मनोज सिपलिया यादव र हरिनगर गाउँपालिकाका एयुव अन्सारी रहेका छन् ।

हरेक जिल्लामा अपराध नियन्त्रणका लागि नागरिकको पनि निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै थापाले औपचारिक कार्यक्रमका बिच उनीहरूलाई कार्यकक्षमा सम्मान गरेका थिए ।

सुनसरी प्रहरीका अनुसार विभिन्न क्षेत्रमा रही प्रहरीको लागि साथ, सहयोगका सूचना दिएको अलावा असल नागरिकको दायित्व निर्वाह गर्ने व्यक्तिहरूलाई प्रहरी दिवसको अवसरमा सम्मान गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...