News Portal

सुनसरीमा प्रहरीद्वारा अनुसन्धान तथा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउने सम्मानित

हिमालीसंचार संवाददाता
३९५ पटक

धरान – जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान तथा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउने एक सञ्चारकर्मी सहित ११ जना व्यक्तिहरूलाई प्रहरीले सम्मान गरेको छ ।

जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न क्षेत्रमा रहेर सुनसरी जिल्लाका प्रहरीलाई अपराध अनुसन्धानमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । प्रहरी दिवसको सन्दर्भ पारेर सुनसरी प्रहरीले त्यस्ता ब्याक्तित्वहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरू इनरुवा नगरपालिका-३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका-७ का रमेश यादव, इनरुवा नगरपालिका-३ का जिनियस निरौला रामधुनि नगरपालिका-१ कि सञ्चारकर्मी रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा-६ का जीवन पराजुली रहेका छन् ।

अन्य निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका-४ का हाजी इसराइल मन्सुरी, इटहरी उपमहानगरपालिका-४ का खगेन्द्र श्रेष्ठ, इनरुवा नगरपालिका-३ का जय प्रकाश शाह,कोसी गाउँपालिका-८ का मनोज सिपलिया यादव र हरिनगर गाउँपालिकाका एयुव अन्सारी रहेका छन् ।

हरेक जिल्लामा अपराध नियन्त्रणका लागि नागरिकको पनि निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै थापाले औपचारिक कार्यक्रमका बिच उनीहरूलाई कार्यकक्षमा सम्मान गरेका थिए ।

सुनसरी प्रहरीका अनुसार विभिन्न क्षेत्रमा रही प्रहरीको लागि साथ, सहयोगका सूचना दिएको अलावा असल नागरिकको दायित्व निर्वाह गर्ने व्यक्तिहरूलाई प्रहरी दिवसको अवसरमा सम्मान गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...