News Portal

सहकर्मीको हत्या गरेको अभियोगमा ११ वर्षपछि दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
४०५ पटक

काठमाडौं – आफ्नै सहकर्मी ललितपुर गोदावरी नगरपालिका-१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी नगरपालिका-८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या गरेको अभियोगमा दुई जनालाई घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी ननगरपालिका- ८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। उनीहरुले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको विडले हानी, कुटपिटसमेत गरी घाईते बनाएकोमा उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो।

उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ। घटनापश्चात मामाभाञ्जा नाता पर्ने उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्लीमा गई आफ्नो बास्तबिक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाई रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेकोसमेत खुल्न आएको छ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...