News Portal

२१ फिट अग्लो अर्धनारेश्वरको मुर्ति स्थापना, नेपालकै अग्लो मुर्ति भएको दावी

हिमालीसंचार संवाददाता
३६२ पटक

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीस्थित प्रसिद्ध धार्मिक स्थल शिव मन्दिरमा २१ फिट अग्लो अर्धनारेश्वरको मूर्ति स्थापना गरिएको छ। आज(शनिबार) घटस्थापनाको अवसर पारेर उक्त मुर्ति स्थापना गरिएको हो।

फाउण्डेसन (मुर्ति राख्न बनाइको ठाउँ) ३० फिट र २१ फिटको मुर्तिसहित जम्मा ५१ फिट उचाई रहेको छ। सो अर्धनारेश्वरको मुर्ति नेपालकै अग्लो भएको वडाध्यक्ष सुरेश मानन्धरको दावी छ।

धार्मिक पर्यटनको विकास तथा मन्दिरको स्तरोन्नतिका लागि २०७५ साल साउन महिनामा उक्त मन्दिरमा महापुराँण (सप्ताह पुराँण) आयोजना गरिएको थियो। सोही महापुराँणमा संकलन भएको दान (सहयोग)बाट मुर्ति निर्माण गरिएको वडाअध्यक्ष मानन्धरले जानकारी दिए।

उनका अनुसार महापुराँणबाट उठेको एक करोड सात लाख २९ हजार नौं सय रुपैयाँमध्ये ३६ लाख रकम खर्च गरी मुर्ति निर्माण गरिएको हो। ऐतिहासिक किम्वदंन्ती बोकेको शिव मन्दिरमा स्थानीय दानवीरदाताको सहयोगबाट पुर्ननिर्माण गरेको अध्यक्ष मानन्धरको भनाई छ।

‘किम्वदन्तीका अनुसार ४ सय वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्नेहरुले पूजा–आजा गरी भाकल राखेमा बोल्न र सुन्न सक्ने जनविश्वास रहेको छ’ उनले भने, ‘एउटै ढुंगाबाट मन्दिर स्थापना भएकोले अर्धनारेश्वरीको मुर्ति पनि एउटै ढुंगाबाट निर्माण गरिएको हो।

शिव भूमिका नामले पहिचान गर्न मिल्ने लाटिकोइली क्षेत्रमा शिव मन्दिर, शिवले नै विहार गरेको क्षेत्र काँक्रेबिहार, अँधेरी गुफा लगायतका स्थानले समग्र वीरेन्द्रनगरको धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित गराएको वडाध्यक्ष मानन्धरको भनाई छ।

मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र ई.पू.१६३९ मा स्थापना भएको शिव मन्दिरको स्थापना भएको हो।

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...