News Portal

  • खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकालाई दमकल र प्रहरी भ्यान

    हिमालीसंचार संवाददाता
    ३४० पटक

    विराटनगर – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकालाई प्रदेश सरकारले दमकल र प्रहरी भ्यान प्रदान गरेको छ । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकालाई एक / एक वटा बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान प्रदान गरेको हो ।

    बिहिवार बिराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई दमकल र प्रहरी भ्यानको चाँवी हस्तान्तरण गरेका हुन् । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले केही समयपछि एउटा एम्बूलेन्स पनि प्रदान गर्ने जनाइएको छ ।

    प्रदेश सरकारले उपलव्ध गराएको दमकल आगलागीका समयमा अग्नी नियन्त्रणका लागि उपयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए । जिल्लाका १० वटा स्थानीय तहमध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र दमकल थियो । यस्तै, बिरामीलाई अस्पतालसम्म पुर्‍याएर ज्यान बचाउनका लागि एम्बूलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ ।

    एकै ठाउँबाट मूख्यमन्त्रीले अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले दमकल, प्रहरी भ्यान र एम्बूलेन्स उपलव्ध गराएको हो। ‘यो उपलव्धी प्राप्तीमा संघीय सांसद, प्रदेश सांसद लगायतको समन्वयको योगदान छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘प्राप्त भएको दमकल, भ्यान र एम्बूलेन्स ईलाका प्रहरी कार्यालय खोटाङबजारमा राख्ने छौँ । र आवश्यक परेको समयमा प्रयोगमा ल्याउने छौँ ।’ 

    प्रदेश सरकारले उपलव्ध गराएको दमकल र प्रहरी भ्यान लिनका लागि गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायत बिराटनगर पुगेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...