News Portal

४० अर्बमा विरेठाँटीदेखि मुक्तिनाथसम्म ८४ किलोमिटर लामो केबलकार बन्ने

९४९ पटक

पोखरा  – कास्कीको विरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ३५ करोड अमेरिकी डलर (४० अर्ब २५ करोड रुपैयाँ) लागतमा झन्डै ८४ किलोमिटर लामो केबलकार लाइन निमार्ण हुने भएको छ । यो केबलकारको निर्माण मुक्तिनाथ दर्शन प्रालिले गर्ने छ ।

केबलकार लाइन विकास तथा सञ्चालनको जिम्मा मुक्तिनाथले पाएको छ । यसका लागि लगानी बोर्डको कार्यालय र मुक्तिनाथ दर्शनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शनका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

लगानी बोर्डका अनुसार विरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८३ दशमलव ६५ किलोमिटर लामो केबलकार लाइन निर्माण हुने छ । उक्त लाइनमा ६ वटा स्टेशन हुनेछन् । ती स्टेसनलाई विरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोससोमदेखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजन गरिएको छ ।

लगानी बोर्डको गत वैशाख १५ मा बसेको ३०औं बैठकले केबलकार निर्माण प्रस्ताव स्वीकृत गर्नुका साथै मुक्तिनाथ दर्शन प्रालिलाई विस्तृत परियोजना प्रतिवेलदन तयार गराउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयारी गरी लगानी बोर्डसमक्ष पेस गर्नुपर्ने छ । बाह्रखरी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...