News Portal

धनकुटाको भेडेटार चार्ल्स भ्युटावरको स्काईवक निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर

हिमालीसंचार संवाददाता
४२४ पटक

धनकुटा– धनकुटाको भेडेटार चार्ल्स भ्युटावरको भुभागमा निर्माण हुन लागेको स्काईवक परियोजनाको निर्माण तथा संचालनको सम्बन्धमा प्रदेश १ मुख्यमन्त्री तथा प्रदेश स्तरीय मन्त्रिपरिषदको कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

प्रदेश १ का मुख्यमन्त्र शेरधन राईको उपस्थितिमा धनकुटा जिल्ला साँगुरीगढी गाँउपालिका पहिलो पक्ष, धरान उपमहानगरपालिका दोश्रो पक्ष र प्रदेश लगानी प्राधिकरण, प्रदेश नं. १ तेश्रो पक्षवीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

पहिलो पक्षबाट साँगुरीगढी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य बहादुर भण्डारी, दोश्रो पक्षबाट धरानका प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल र तेश्रो पक्षबाट प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले हस्ताक्षर गरेका छन ।

यस्तै, धरानका मेयर तिलर राई र गाँउपालिकाका अध्यक्ष कुमारजंग याक्खाले पत्रको रोहवरमा हस्ताक्षर गरेका हुन्।समझदारी अनुसार बोन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्राक्सन प्रा. लि. बुढीगंगा मोरङले स्काईवक निर्माण गर्ने भएको हो । यो दक्षिण एसियामा नै पहिलो पटक साहसिक पर्यटकिय परियोजना रहेको समझदारी पत्रमा उल्लेख गरिएको छ । 

भ्युटावरले चर्चेको भुभाग पहिलो र दोश्रो पक्षले लिजमा दिन साथमा लिजको समयावधि, निर्माण तथा संचालनको ढाँचा र परियोजना संचालन पश्चात लिज, रोयल्टी तथा अन्य शुल्क बापत प्राप्त गर्ने रकम बाँडफाँडको विषय २२ दिनभित्र टुङ्गयाउने सहमति समेत भएको छ ।

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...