News Portal

मोरङको सोमबारेमा ‘टिमटिमे फेसन कलेक्सन’ सञ्चालनमा

हिमालीसंचार संवाददाता
३९४ पटक

रतुवामाई – कोरोना भाइसर कोभिड १९ को कारण देखाउँदै बजारमा महंगी चुलिएका बेला दक्षिणी मोरङको रतुवामाई १० सोमबारेमा सस्तो बजार दावी गर्दै एक व्यक्तिले एक करोड ५० लाख रुपैयाँ लगानी गर्दै ‘टिमटिमे फेसन कलेक्सन’ सञ्चालनमा ल्याएका छन् ।

लामो समयसम्म फिल्म निर्माताको भुमिका निर्वाहा गरेका स्थानीय चन्द्र गौतमले ‘टिमटिमे फेसन कलेक्सन’ सञ्चालनमा ल्याएका हुन् ।

सबै प्रकारका उच्च स्तरीय जिन्स पेन्ट,टिर्सट जुत्ता चप्पल एउटै छानामुनी सुपथ मूल्यमा पाइने र अन्य ठाउँमा खरिद गरेको भन्दा कम मूल्यमा प्रदान गरिने सञ्चालक गौतमको दावी छ । राम्रो सामग्री सुपथ मूल्यमा प्रदान गर्न कुनै कन्ज्युसाई नगर्ने सन्चालक गौतमको भनाई छ ।

युवा व्यवसायी बिनु रानाले शहरका रुपमा विकास भइरहेको सोमबारेलाई फेसन कलेक्सनले थप टेवा पुर्याउने धारणा राखे । आफ्नै ठाउँमा फेसक कलेक्सन सञ्चालनमा आएपछि स्थानीवासी समेत हर्षित बनेका छन् ।

यस क्षेत्रका सर्वसाधारण किनमेलका लागि उर्लाबारी,दमक लगायतका अन्य वजार अब जानु नपर्ने रानाले बताएका छन । घर आगनमै पसल सन्चालनमा आएपछि अयन्त्र जाने बाध्यता हट्यो, रानाले भने । सोमबारेमा यसखाले पसल यस अघि सञ्चालनमा नरहेकाले सबैलाई यस किसिमको पसलले फाइदा पुर्याउने स्थानीय राजन सुवेदीको भनाई छ ।

आफ्नो आम्दानीलाई आफ्नै ठाउँमा लगानी गर्दै सेवा मुलक ढंगले अघि बढ्दा लगानी कर्ता मात्र होइन यसले सोमबारेवाशी मात्र होइन दक्षिण क्षेत्रका सबैलाई फाइदा पुग्ने स्थानीयको बुझाई छ । यस अघि गौतमले चलचित्र ‘दमदार’ निर्माण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...