News Portal

किर्ते मुद्दाका आरोपी बने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष

हिमालीसंचार संवाददाता
४९६ पटक

सुर्खेत – किर्ते मुद्दाका आरोपी विद्यालय व्यवस्थापन समिति (विव्यस)को अध्यक्ष पदमा चयन भएका छन्। विद्यार्थीलाई किर्ते प्रमाण पत्र बनाई बेचेको आरोप खेपीरहेका डन्डबहादुर विक वीरेन्द्रनगर-१६ मेहेलीस्थित आदर्श माध्यामिक विद्यालयको अध्यक्षमा चयन भएका हुन्। यही असोज २६ गते विककै अध्यक्षतामा आठ जनाको वैठक बसी उनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

२०७० सालमा विक र विद्यालयका तत्कालिन प्राधानाध्यपक खुमप्रसाद लामिछानेले किर्ते प्रमाणपत्र बेचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको थियो। यद्यपि उनिविरुद्धको आरोप फैसला भएको छैन।

विकले नक्कली छाप र लोगो राखी किर्ते प्रमाणपत्र बनाउने र लामिछानेले प्रमाणित गर्ने गरेको आरोप लागेको थियो। ‘सोही आरोप उपर कारबाही भई मलाई पदीय जिम्मेवारी पूरा नगरेको भन्दै पदमुक्त गराईयो’ लामिछानेले भने, ‘उहाँ (विक)लाई हालसम्म कारबाही भएको छैन, सफाई पनि पाउनु भएको छैन।’

विकको अध्यक्षतामा गठित विव्यसमा राजनीतिक भागबण्डाको आधारमा सदस्य छनौट गरिएको स्थानीयको भनाई छ। नाम उल्लेख नगर्ने शर्तमा दिइएको स्रोतको जानकारी अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट ३ जना र नेपाली काँग्रेसतर्फबाट ३ जना सदस्य चयन भएका छन्। जसमध्ये समितिको अध्यक्षमा विकसहित अन्य सदस्यहरु डम्बर लामिछाने, यामबहादुर रास्कोटी, हिमा तिवारी हमाल, तुल्सी छन्तेल, भुपेन्द्र ज्ञावली र रीता विक रहेका छन्।

वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी एवंम् शिक्षा शाखाका उत्तमप्रसाद आचार्यले आरोप खेपिरहेको व्यक्ति अध्यक्ष हुन नपाउने प्रावधान रहेको बताए तर, विकको आरोपबारे जानकार नभएको उनको भनाई छ।

यता, विकले आफुलाई मुद्दा परेकाे तर सफाई नपाएको बताएका छन्। ‘मुद्दा परेको हो, पटकपटक जवाफ पनि दिएको थिए। हालसम्म कारबाही वा, सफाई कुनैपनि निर्णय आएको छैन’ उनले भने, ‘कानूनी रुपमा नमिल्ने भए विव्यस अध्यक्षमात्र होइन जनप्रतिनिधीसमेत हुने थिएन होला। विक वीरेन्द्रनगर नगरपालिका नगरकार्यापालिकाका सदस्यसमेत हुन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...