News Portal

  • किरात राई यायोक्खाले जनगणनामा सहभागिताको लागि अपील, राजा यलम्बरको नयाँ तस्वीर सार्वजनिक

    हिमालीसंचार संवाददाता
    ४४४ पटक

    काठमाण्डौ – नेपालको किरातकालीन पहिलो राजा यलम्बरको नयाँ रेखाचित्र किरात राई यायोक्खाले आगामी राष्ट्रीय जनगणना २०७८ अभियान प्रचार प्रसार, जनचेतनामुलक कार्यक्रमका लागि काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर किरात राजा यलम्बरको नयाँ तस्वीर सार्वजनिक गरेको छ ।

    वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गरेको यलम्बर रेखाचित्रलाई युवावस्थाको नयाँ रूपमा सार्वजनिक गरिएको हो । नयाँ रेखाचित्रलाई कलाकार देव कोइमीले निर्माण गरेका हुन् । 

    किरात राई यायोक्खाले प्रकाशन गरेको यलम्बरको रेखाचित्र मंगलवार एक कार्यक्रमवीच सार्वजनिक गरेको हो। नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरि सकेको छ। इतिहासकारहरुका अनुसार नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ किरातकालमा भएको पाइन्छ । किरातवंशी राजाहरुले यलम्बरदेखि खिजुसम्म ३२ पुस्ताले १९ सय ६४ वर्ष नेपालमा शासन गरेका इतिहास छ ।

    किरात शासनकालका आरम्भकर्ता राजा यलम्बर किरात राई यायोक्खाले गौरवमय व्यक्तित्वका रूपमा लिने गरेको किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले बताए। अध्यक्ष राईका अनुसार अबदेखि किरात यलम्बरको युवाकालीन रेखाचित्र विश्वभरी प्रयोग गरिने जानकारी समेत दिएका छन्। 

    किरात जाति तथा समुदायमा दुईथरी यलम्बर सम्वत्‌को समेत प्रचलनमा रहेको छ। यसलाई येले संवत्, येले तङ्बे, येले थोचे भन्ने गरेका छन् । पहिलेदेखि चलनमा रहेअनुसार संवत् ५०८० पछिल्लो दशकमा इतिहासविद्ले पहिल्याए अनुसार ३७९९ समेत उल्लेख गरेको पाइन्छ । तथापी किरात राई यायोक्खाले येलेदोङ ५०८० सम्बतलाई प्रचलनमा ल्याएको छ।

    किरात राई यायोक्खाले १२ औ राष्ट्रिय जनगणना २०७८ धरदैलो कार्यक्रम अन्तर्गत गणकहरुले मुख्य प्रश्नावली अन्तर्गत सोधिने प्रश्नहरुमा विशेष जातिय पहिचान, भाषा र धर्मबारे वास्तविक अभिलेखिकरण टिपोर्ट गर्नका लागि सहयोग गरिदिन हुन विशेष अपिल सहित अनुरोध गर्दै एक उदाहरण नमूना पत्र समेत जारी गरेको छ। 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

    कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क...

    रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

    काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो...

    जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

    काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप...

    सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

    काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका...

    भारतसँगको विद्युत् सम्झौतापछि नेपालले एक अर्ब २० करोड जोगायो

    काठमाडौं, मंसिर ८ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतसँगको नयाँ विद्युत् सम्झौता...