News Portal

  • “सरकारले जनतासंग मिलेर काम गर्ने हो भने सबै कुरा सम्भव छ” – विजय लामा

    हिमालीसंचार संवाददाता
    २९७ पटक

    काठमाण्डौ – कोभिड-१९ कोरोना भाइरसका कारण जनजीवन दिन प्रतिदिन जटिल हुदै गइरहेको अबस्थाको पाइलट विजय लामाले सरकारले जनतासंग मिलेर काम गर्ने हो भने सबै कुरा सम्भव हुने बताएका छन्।

    पाइलट लामा स्वयम् कोरोना भाइरसका कारण स्टार अस्पतालमा उपचार गरेर स्वास्थालाभ लिएका व्याक्ति हुन्। पाइलट लामाले कोरोनाका भाइसरका कारण आफ्नो जीवन गम्भीर, जटिलमोडबाट स्वास्थ्यलाभ लिएर घर फर्केपछि गरिबका लागि राहत वितरण गर्न आफै गरिबका बस्ति बस्तिसम्म पुगेर राहत वितरण गरिरहेका छन्। 

    नेपाली जनता कोरोना महामारीले भन्दा भोकमारीले चिन्तित रहेको स्टाटस लेख्दै पाइलट लामाले भनेका छन्; “अहिलेको समय एकदम जटिल समय बन्न पुगेको छ सबैलाई! अझै भन्ने हो भने दैनिकी रोजगारी गरि पेट अनि परिवार पाल्नेहरुको लागि त कहाली लाग्दो बनी सक्यो! सरकारबाट केही होला की? राहतको काम भन्दा भन्दै कैयौले दुख पाएका छन…”यो ध्रुब सत्य हो!” यसरी लेखेका छन् । 

    पाइलट लामाले नेपाल सरकार जनत्तोरदायी हुन नसकेको भन्दै थप लेखेका छन्; “एकातिर कोरोनाको कहर अर्कोतिर भोकको लहर!! कहिले सुखको जीवन पाउने?? कहिले सरकारले बुझ्ने?? कहिले सरकारबाट राजनीति अनि आफ्नो पार्टी भन्दा माथी उठेर जनताको सरकार बन्ने सोच राख्ने? लामाले प्रतिप्रश्न समेत गरेका छन्। 

    सरकारले जनतासंग मिलेर काम गर्ने हो भने कुन कुराको सम्भव छैन? सबै कुरा सम्भव छ। किनकी हामी नेपाली संस्कारले नै मिलेर बस्न, काम गर्न अनि जिउन सक्ने बर्गमा पर्छौ! भनेर सरकारले जनताको मर्म बुझ्न आग्रह गर्दै भनेका छन्।

    For the people, of the people and by the people हुनु पर्ने होइन र? रोगले भन्दा धेरै भोकले मर्नु आटेको छ जनता! हामीले सक्दो कोशिश गरिरहेका छौ ब्यक्तिगत तथा न्यानोपन मार्फत!! हजुर्हरुनी? लामाले अन्य सहयोगी मनहरु प्रति समेत सकेको सहयोग गरौ, जुटौ भनेर धुमाउरो तरिकाले अनुरोध गरेका छन् । 

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...

    सर्वोच्चले एनआरएनए विवादबारे सुनाएको पुनरावलोकनको निस्साको अर्थ के हो ?

    ‘फैसला अनुसार काम सम्पन्न भइसक्यो’ काठमाडौं, असार ६ — सर्वोच्च अदालतको पूर्ण इजलासले गैरआवासीय नेपाली...