News Portal

“सरकारले जनतासंग मिलेर काम गर्ने हो भने सबै कुरा सम्भव छ” – विजय लामा

हिमालीसंचार संवाददाता
३८२ पटक

काठमाण्डौ – कोभिड-१९ कोरोना भाइरसका कारण जनजीवन दिन प्रतिदिन जटिल हुदै गइरहेको अबस्थाको पाइलट विजय लामाले सरकारले जनतासंग मिलेर काम गर्ने हो भने सबै कुरा सम्भव हुने बताएका छन्।

पाइलट लामा स्वयम् कोरोना भाइरसका कारण स्टार अस्पतालमा उपचार गरेर स्वास्थालाभ लिएका व्याक्ति हुन्। पाइलट लामाले कोरोनाका भाइसरका कारण आफ्नो जीवन गम्भीर, जटिलमोडबाट स्वास्थ्यलाभ लिएर घर फर्केपछि गरिबका लागि राहत वितरण गर्न आफै गरिबका बस्ति बस्तिसम्म पुगेर राहत वितरण गरिरहेका छन्। 

नेपाली जनता कोरोना महामारीले भन्दा भोकमारीले चिन्तित रहेको स्टाटस लेख्दै पाइलट लामाले भनेका छन्; “अहिलेको समय एकदम जटिल समय बन्न पुगेको छ सबैलाई! अझै भन्ने हो भने दैनिकी रोजगारी गरि पेट अनि परिवार पाल्नेहरुको लागि त कहाली लाग्दो बनी सक्यो! सरकारबाट केही होला की? राहतको काम भन्दा भन्दै कैयौले दुख पाएका छन…”यो ध्रुब सत्य हो!” यसरी लेखेका छन् । 

पाइलट लामाले नेपाल सरकार जनत्तोरदायी हुन नसकेको भन्दै थप लेखेका छन्; “एकातिर कोरोनाको कहर अर्कोतिर भोकको लहर!! कहिले सुखको जीवन पाउने?? कहिले सरकारले बुझ्ने?? कहिले सरकारबाट राजनीति अनि आफ्नो पार्टी भन्दा माथी उठेर जनताको सरकार बन्ने सोच राख्ने? लामाले प्रतिप्रश्न समेत गरेका छन्। 

सरकारले जनतासंग मिलेर काम गर्ने हो भने कुन कुराको सम्भव छैन? सबै कुरा सम्भव छ। किनकी हामी नेपाली संस्कारले नै मिलेर बस्न, काम गर्न अनि जिउन सक्ने बर्गमा पर्छौ! भनेर सरकारले जनताको मर्म बुझ्न आग्रह गर्दै भनेका छन्।

For the people, of the people and by the people हुनु पर्ने होइन र? रोगले भन्दा धेरै भोकले मर्नु आटेको छ जनता! हामीले सक्दो कोशिश गरिरहेका छौ ब्यक्तिगत तथा न्यानोपन मार्फत!! हजुर्हरुनी? लामाले अन्य सहयोगी मनहरु प्रति समेत सकेको सहयोग गरौ, जुटौ भनेर धुमाउरो तरिकाले अनुरोध गरेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...