News Portal

मुक्तिनाथ दाहाल प्रकरण: मदनभण्डारी प्रतिष्ठान अगाडी विद्यार्थी र प्रहरीवीच झडप (भिडियोसहित)

हिमालीसंचार संवाददाता
५२७ पटक

उर्लाबारी – झापाको दमक–८ मा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत कर्मचारी मुक्तिनाथ दाहालको आत्महत्याको विषयलाई विषय विद्यार्थी आन्दोलित बनेका छन्। कर्मचारी दाहाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै विद्यार्थीहरुले निरन्तर प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याललाई कार्वाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन्।

प्रतिष्ठानले छानविन समिति बनाएर तत्काल कार्यकारी निर्देशक अर्याललाई काम नगर्न निर्देशन दिइसकेको छ। आइतबार शान्तिपूर्ण दबाबमुलक कार्यक्रम गर्ने तयार भएपनि अराजक समूहको घुसपैठ गरी उर्लाबारी–३ स्थित प्रतिष्ठान प्रवेशद्धार अगाडिको सीसी क्यामेरा तथा कुर्सी तोडफोड गरेका छन्।

प्रहरीमाथी नै विद्यार्थी जाइलागेका थिए। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले शान्तिपूर्ण आन्दोलन गर्न पटक पटक अनुरोध गरेपनि भिड प्रहरीमाथी नै जाइलागेको थियो। प्रहरीमाथी विद्यार्थी जाइलागेपछि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली थप गरिएको थियो।

विद्यार्थीहरुले प्रहरीविरुद्धसमेत नाराबाजी गरेका थिए। उनीहरुले दोषीलाई कार्वाहीको माग र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। केहीबेर प्रहरीसँग घम्साघम्सीका बीच शान्तिपूर्वक प्रशासनमा तालाबन्दी मात्र गर्ने भनिएपछि सोही अनुसार तालाबन्दी गरिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...