News Portal

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ओपिडी सेवामा अनलाइन टिकेटिङ सेवा दिने

हिमालीसंचार संवाददाता
३०० पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवालाई व्यवस्थित बनाउन सोमबारदेखि अनलाइनबाट टिकेटिङ सेवा सुरु गर्ने भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आइतबार साँझ एक सूचना जारी गरी सो जानकारी गराएको हो। प्रतिष्ठानको ओपिडीमा भिड बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले सोमबारदेखि अनलाइनबाट बिरामीले आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएको छ। सोमवारदेखि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर ‘BPKIHS’ एप डाउनलोड गरेर आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ ।

विरामीले चाहिएको विभागमा गई टिकट दर्ता गर्ने र खल्ती /E-Sewa, IME Pay बाट तोकिएको रकम तिर्नुपर्नेछ । बिहान ८:०० बजे भन्दा अगाडी अनलाइन टिकट काटेमा सोही दिन र सो समयपछि दर्ता गरेमा अर्को दिनका लागि दर्ता हुनेछ । बिरामीले सम्बन्धित विभागको ओपिडी भित्रकै दर्ता काउन्टरबाट आफ्नो ओपिडी कार्ड लिई सम्बन्धित चिकित्सककोमा जानु पर्ने प्रतिष्ठानले जनाएको छ। 

धरान वीपी प्रतिष्ठानमा दैनिक नियमित ओपिडीको लागि मात्र यो सुविधा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। प्राइभेट ओपिडीको लागि पनि क्रमशः उपलब्ध गराइने पनि सूचनामा जानकारी दिइएको छ ।

प्रतिष्ठानको हरेक विभाग अन्तरगत ओपिडीका कार्य गर्ने सहयोगी कर्मचारीहरूले बिरामी दर्ता काउन्टरबाट अनलाइन दर्ता भएको बिरामीको ओपिडी कार्ड सोही दिन ९ बजे भित्र संकलन गरी लैजानु पर्ने हुनाले सो अनुसार गर्न सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...