News Portal

गेसोको भेला सम्पन्न, भूपुगोर्खाको माग पुरा गर्न ५ बुँदे घोषणापत्र जारी

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाण्डौ – गोर्खा भुतपुर्व सैनिकहरुको अग्रणी संस्था गोरखा भूतपूर्व सैनिकसंघ गेसोले आफुहरुको माग अविलम्ब पुरा गर्नका लागि बेलायत सरकार समक्ष माग गरेको गेसोले अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनपछि ५ बुँदे घोषणापत्र जारी गरेको छ।

गेसोले नेपाल-बेलायत सरकारका प्रतिनिधि सहित गोर्खाहरुको सहभागितामा गठित प्राविधिक समितिले सर्वसम्मत तयार पारेको १३ बुंदे प्रतिवेदन कार्यान्वयन गर्न मागलाई निरन्तरता दिएको छ। बेलायतले गोर्खामाथि गरेको विभेद र पीडामाथि केन्द्रित २२ असोजमा प्रथम अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनबाट एक घोषणापत्र जारी गर्दै गेसोले  मागलाई निरन्तर राखेको छ। 

गोर्खाहरुको मागहरुलाई जति सक्दो छिटो पुरा हुनपर्ने बताउदै गोर्खा भुतपुर्व सैनिक संघ गेसोका सभापति कृष्णकुमार राईले गोर्खाहरुको माग सम्बन्धमा नेपाल सरकारले पनि चासोका साथ पहल गर्नेुपर्ने कुरालाई जोड दिएको छ ।

सम्मेलनले गोरखाहरुलाई वंशजको आधारमा राजनीतिक अधिकार सहितको दोहोरो नागरिकताका लागि नेपाल सरकारसित जोडदार माग  समेत गरेको छ। विश्वयु’द्ध लगायत अन्य क्षेत्रीय यु’द्धहरु ल’डेर विश्वमा शान्ति ल्याएका तीनै यो’द्धाहरुको सम्मान र सम्झनामा एक महत्वपूर्ण अध्ययन र अनुसन्धान गर्न एक ब्यवस्थित संग्रहालय निर्माण गर्न नेपाल सरकारसंग उचित स्थानमा जग्गा उपलब्धता लागि जोडदार पहल गर्ने सम्मेलनले निर्णय गरेको छ ।

गोरखाहरुको सामाजिक आर्थिक तथा सांस्कृतिक असरहरुबारे अध्ययन गर्न गोरखा इतिहास सम्वन्धि नेपालको शैक्षिक पाठ्यक्रममा समवेश गर्न पहल गर्ने निर्णय पनि सम्मेलनले गरेको छ। सम्मेलनले २२ वर्ष सेवा अवधि पुरा गरेका व्रिटिश गोरखा सिपाहीले समान दर्जाअनुसारको समान पेन्सन, २१ वर्ष उमेरपछि १६ वर्ष सेवा पुरा गरेका व्रिटिश गोरखा अफिसरले व्रिटिश अफिसर समान दर्जा अनुसारको पेन्सन पाउनु पर्ने माग गरेका छन ।

१५ वर्ष सेवा पुरा गरेका व्रिटिश गोरखा सिपाहीले ब्रिटिश सिपाहीले पाउने २२ वर्षको पेन्सनको अनुपातिक १५ वर्षको पेन्सन दर्जा अनुसार पाउनुपर्ने मागलाई अगाडी सारेको छ । लामो समयदेखि विभेदमा परेका अप्रेसनल ड्युटीमा मारिएका, मरेका र घाइते भएका व्रिटिश गोरखाले व्रिटिश समान लिवरल र डिसएविलिटी (घाइते) पेन्सन पाउनु पर्ने साथै अन्य पेन्सनहरु जस्तै : वि’धवा, मेडिकल आदि सवैखाले पेन्सनहरु व्रिटिश सिपाही समान पाउनु पर्ने मागलाई जोडदार रुपमा उठाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...