News Portal

सुनकाण्ड : डिएसपी राउतलाई थुनामै राख्ने आदेश

६८८ पटक

मोरङ – उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा मुछिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जयबहादुर राउतलाई थुनामा राखेर मुद्वाको प्रकृया अघि बढाउने जिल्ला अदालत मोरङको आदेश सदर गरेको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले राउतलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो ।

अनलाइनखबरका अनुसार जल्लाको आदेशविरुद्ध परेका २० वटा निवेदन समय अभावका कारण हेर्दा हेर्दैमा राखिएको छ भने ४ वटा निवेदन प्रतिवादी कानुन ब्यावसायीहरुले नै सारेको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए ।

राउत पक्राउ पर्नुअघि इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत थिए । राउतले त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा तस्करीको सुन कटाए बापत चुडामणि उप्रेती गोरेबाट १२ लाख रुपैयाँ लिएको भेटिएको छ ।राउतले भने अदालतमा इन्कारी बयान दिएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...