News Portal

निर्मला पन्त र सम्झना बिकको न्यायको माग सहित युएईमा दौड कार्यक्रम

हिमालीसंचार संवाददाता
६०० पटक

रामप्रसाद ढुंगेल/युएई – बलात्कारपछि मारिएका निर्मला पन्त र सम्झना बिकले न्याय पाउनुपर्ने माग राख्दै युएईमा नेपाली युवाहरूले सामुहिक दौड आयोजना गरेका छन्। गत ९ अक्टोबर शुक्रबार बिहान ६ देखि ११ बजेसम्म युएईको सबैभन्दा अग्लो पहाड जेवल जैसमा भेला भएर निर्मला पन्त र सम्झना बिकका बलात्कारीहरुलाई कारबाहीको माग गर्दै २० जना नेपाली युवाहरूले एक्यवद्धता जनाएको सामाजिक अभियन्ता रेसम लामाले जानकारी दिएका छन्। 

सामाजिक संजालमा लोकप्रिय युएईमा कार्यरत नेपाली नर्स कल्पना गौड लगायत सारजा, दुबईबाट दौडमा सहभागी भएर नेपाली युवाहरुले निर्मला र सम्झनाले न्याय पाउनुपर्नेमा जोडदार माग राखेका थिए। 

उक्त जमघटमा नवराज पाण्डे, माया पाण्डे, अर्चिता पाण्डे, रोजिना आचार्य,तिलक, रमन सुवेदी, मन्जु गुरुङ, राम भण्डारी, कमला, किरण, शर्मिला लामा लगायतले १५ किलोमिटर दौड सफलतापुर्वक पूरा गरि निर्मला पन्त र सम्झना बिकका पक्षमा आवाज उठाएको अभियानकर्मी कल्पनाले जानकारी दिएका हुन्।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...