News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कच्ची सडकमा दुर्घटनाको जोखिम !

    हिमालीसंचार संवाददाता
    ४१७ पटक

    जाजरकोट – जिल्लाका सात वटा स्थानीय तहका प्रत्येक वडामा सडक पुगेको छ। आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै जिल्लाका सात वटै स्थानीय तहमा सडक पुगेको प्रगति विवरणमा देखाईएको छ। जिल्लाको दुर्गम मानिएको बारेकोट गाउँपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा हानीसल्ला-लिम्सा सडक खण्डको ८ किलोमिटर ट्रयाक खुलाईएको छ।

    लिम्सा-सिलिंगी-दह सडक खण्डको ४ किलोमिटा सडकको ट्रयाक खुलाइएको छ। कार्कीज्यूलादेखि ७ नम्बर वडा कार्यालयसम्म ५ किलोमिटर सङक ट्रयाक खुलाइएको, लिम्सादेखि मुल्साम पुग्ने सडकको २ किलोमिटर सडक ट्रयाक खुलाईएको, ध्यापाटाकुरा-लिम्मा सडकको स्तरनतीको ठेक्का सम्झौता गरिएको, दोमिल्ला बेलिब्रिज मिर्नाणका लागि ठेक्का सम्झौता गरिएको, गाउँपालिका कार्यालयसम्म नियमित रुपमा गाडी सञ्चालन भएको गाउँपालिका निमित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए।

    गाउँपालिका भित्र २१ किलोमिटर सडकमा ट्याक खुलाईको गाउँपालिकाको तथ्यांकमा देखाईको छ। जुनीचाँदे गाउँपालिका भित्र आर्थिक वर्ष २०७६/०७७ मा २८ वटा आयोजना सञ्चालन गरिएको गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिइन। उनका अनुसार, जसमध्ये २५ वटा सडक निर्माण भएका छन भने, ३ वटा निर्माण सम्पन्न भएका छैनन। गाउँपालिका भित्रका सबै वडामा सङकको पुगेको उपाध्यक्ष शिवा आचार्यको भनाई छ। गाउँपालिका भित्रका सडक कच्ची भएकोले जोखिम बढिरहेको छ।

    भेरी नगरपालिकामा आर्थिक वर्ष २०७६/०७० ट्रयाक ओपन ३६.९३ किलोमिटर मध्ये ३१.५२ प्रतिशत प्रगति भएको छ। नगरपालिकाको जम्मा प्रगति प्रतिशत ८५.३५ प्रतिशत भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुबप्रसाद पौडेले जानकारी दिए। नगरपालिका भित्र ०.३८ किलोमिटर आरसिसिको जिम्मा लिएकोमा ०.३८ किलोमिटर प्रगति भएकोमा ९९.६४ प्रगति सार्वजनिक गरिएको छ।

    नगरपालिका भित्र कच्ची सडक १८.९४ प्रतिशतको लक्ष्य लिईएकोमा १८.९४ प्रतिशत पुरा भएको तथा १ सय प्रतिशत प्रगति भएको नगरपालिकाको वार्षिक प्रतिवेदनले देखाएको छ। नलगाड नगरपालिका भित्र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ सडक १९.९९ किलोमिटर ओपन गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। उनका अनुसार ४८.३ किलोमिटर सडकको मर्मत तथा स्तरउन्नती भएको छ।

    ६४.०७ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको छ। जिल्लाको कुशे गाउँपालिकामा नयाँ सडक ३२ किलोमिटर निमार्ण गरिएको छ। गाउँपालिका भित्र घोरैटो बाटो २४ किलोमिटर निर्माण गरिएको अध्यक्ष हरिचन्द्र बस्नेतको भनाई छ। यस्तै गाउँपालिका भित्र आर्थिक बर्ष २०७६/०७७ मा १ सय ९३ किलोमिटर सडक निर्माण गरिएको गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ।

    यस्तै, शिवालय गाउँपालिकाले ट्रयाक ओपनमा ४ वटा योजना सम्पन्न गरेको छ। जस अर्नंगत २५ किलोमिटर सडक निर्माण गरिएको छ। सडक अन्तर्गत २०७६/०७७ मा ६ किलोमिटरका ३ वटा सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए। सडक स्तरउ्नती एउटा सडक निर्माण गरिएको गाउँपालिकाको आर्थिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।

    झोलुगे पुलमा १ वटा निर्माण गरिएको छ। कजवे १ वटा सम्पन भएको गाउँपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ। यस्तै जिल्लाको छेडागाह नगरपालिका भित्र आर्थिक वर्ष २०७६/०७७ मा १ सय ९८ किलोमिटर नयाँ सडकको ओपन खोलिएको छ। नगरपालिका भरी ३ सय ८० नयां सडकको ओपन ट्रयाक खोलिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। सुयाडा क्षेत्रमा पर्यटन गन्तव्य स्थलको रुपमा निर्माण भईरहेको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ।

    जिल्लाका सात वटा स्थानीय तहमा खोलिएका सडकहरुमा दुर्घटना हुने अत्याधिक जोखिम रहेको छ। स्थानीय तहले सडक निर्माणको नाममा जधाभावी डोजरको प्रयोग गर्दो जोखिम बढेको हो। स्थानीय तहले निर्माण गरेका सडक मापदण्ड विपरीत रहेको जानकारहरु बताउँछन।

    सवारी साधन चल्नै सपना देखेका स्थानीयहरु अहिले पैदलहिडनसमेत मुस्किल भएको बारेकोट गाउँपालिका-२ का भीमबहादुर विश्वकर्माले बताए। उनले भने, सडकको विचविचमा पहिरोकाकारण ढुंगा माटो धुपारएको छ तर, निमार्ण गर्ने तर, स्तरउन्नतीमा कुनै ध्यान नदिँदा अहिले दुर्घटनाको जोखिम भईरहेको छ। अकालमा धेरैले ज्यान गुमाउने संकेत देखिएको छ।

    स्थानीय तहको वार्षिक प्रगति प्रतिवेदनमा सडकमा धेरै सुधार आएको भएपनि कागजमा मात्र सीमित देखिएको स्थानीयको आरोप छ। सडक निर्माण मात्र होइन स्तरउन्नतीमासमेत ध्यान दिनु आजको आवश्यकता हो। – भेरीमालिकादैनिकबाट।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...