News Portal

छानविन गर्न गएको अख्तियार टोली टिकटकमा ‘वेस्त’

हिमालीसंचार संवाददाता
१११४ पटक

सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोली केही दिन अघिदेखि डोल्पा र मुगुका विभिन्न स्थानमा पुगेको छ। अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगमा परेको उजुरीको छानविन गर्न टोली त्यसतर्फ पुगेको हो।

उजुरीका विषयमा छानविन गर्न पुगेको टोली त्यहाँको पर्यटकीय स्थलमा पुगी टिकटक बनाउन र फेसबुकमा फोटो पोष्ट्याउन वेस्त देखिएका छन्। आफु जानुपर्ने स्थानविन्दु पहिले नै फेसबुकमा सार्वजनिक गर्ने, उच्छृंखल गतिविधीसहितका टिकटक भिडियो अपलोड गर्नेलगायतका क्रियाकलाप उक्त टोलीले गरिरहेको छ। जसको कारण टोलीले अनुसन्धानतर्फ ध्यानकेन्द्रित नगरी पर्यटकीय मनोरञ्जन लिइरहेको स्पष्ट छ।

उजुरीको छानविन गर्न पुगेको टोली त्यसतर्फ पुग्नुपूर्व सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने र त्यस किसिमका गतिविधि गरेको पाइएपछि उनिहरुले गरेको अनुसन्धानमाथी नै आशंका सिर्जना भएको छ। जसको कारण उजुरीसँग सम्बन्धित प्रमाण लुक्न सक्ने खतरा समेत देखिएका छन्।

मुगुको रारा छायाँनाथ नगरपालिका, सोरु गाउँपालिका र डोल्पाका ठूलीभेरी नगरपालिकाका उजुरीसँग सम्बन्धित गतिविधिको अनुसन्धान गर्न टोली त्यसतर्फ पुगेको आयोगका निमित्त प्रमुख देवकुमार राईले जानकारी दिए।

उनका अनुसार आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाको नेतृत्वमा १० जनाको टोली मुगु गएको हो भने, आयोगका डिएसपी सरोज पौडेलको नेतृत्वमा पाँच जनाको टोली डोल्पा पुगेको हो।

यी दुईवटै टोली हाल डोल्पा हुँदै मुगु पुगेका छन्। टोली जानुपूर्व नै सम्बन्धित कार्यालयलाई जानकारी गराई अनुसन्धान टोली गएकोले यस्ता गतिविधिले छानविनमा प्रभाव नपर्ने राईको भनाई छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...