News Portal

  • दक्षिण कोरियामा श्रमिकले पाएनन् तलब

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    दक्षिण कोरिया– नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ।

    यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ। सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ। त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ।

    यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन्। सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५।६ मिलियन वोन छ भने ५०० भन्दा धेरै कामदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको छ।

    पछिल्लो समय कामदारको ज्याला रोकिनुमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्याङ्कमा उल्लेख छ। यसरी कामदारले ज्याला नपाएका घटना धेरै बढिरहेको बताउँदै कानूनविद्हरूले आर्थिक सङ्कट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरी कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाव दिएका छन्।
    यहाँको रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ-वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवानासमेत तिराउनुपर्ने सुझाव दिएका छन्।

    यो तथ्याङ्क बाहिरए पनि झण्डै ५० हजार बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना देखिएको छैन । तथापि यसको प्रभाव पर्ने हो कि भन्ने चिन्ता यहाँ काम गरिरहेका नेपालीलाई छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा, सभामुखलाई पत्र बुझाउँदै प्रक्रिया सम्पन्न

    काठमाडौं, साउन २८ — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट...

    सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

    काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक...

    रवि लामिछानेलाई न्यूनतम सुविधा प्राप्त, कारागार सार्ने प्रक्रिया जारी : गृहमन्त्री लेखक

    काठमाडौँ, साउन २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा सबै कैदीले पाउने...