News Portal

शिला राईको “सुनैको स्वर्ग धिक्कार छ” गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७०५ पटक

काठमाण्डौ – कवि तथा गीतकार भुपाल राईको शब्द, कन्काईष्ट राईको संगीत र शिला राईको आवाजमा रहेको “सुनैको स्वर्ग धिक्कार छ…!” बोलको गीत बुधबार गायिका शिला राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गीत भर्जिन भ्वोईस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा शाहस शाक्यको संगीत संयोजन रहेको गीतको रेकर्डिष्ट रोबर्ट लिम्बुले रेकडिङ गरेका गीतलाई मीन बिष्टले मिक्सिङ तथा मास्टरिङ गरेका हुन। 

सार्वजनिक गीत लिरिकल म्युजिक भिडियोको निर्माण तथा सम्पादन जस्केलो क्रीयसनले गरेको हो। विशेष गरेर विदेशिएर आफ्नो संस्कार, संस्कृति, माटो र आफ्नो देशलाई बिर्सिएर विदेशी संस्कार, संस्कृति र माटोलाई अंगालेका दोश्रो दर्जाको नागरिक भइ विदेशमा बसेका नेपाली र विदेशी भूमिमा दोश्रो दर्जाको नागरिक भइ बस्न लालायित हुने नागरिकलाई आफ्नो माटो, संस्कार, संस्कृति र आफ्नो देशको महत्वको विषयमा सार्वजनिक गीतले सचेत गराएको छ।

कोरोनाभाइरसका कारण लकडाउनको बिचमा सामाजिकदूरी कायम गर्दै एक प्रेसमिट गरेर फलैचा रेष्टुरेन्टमा सार्वजनिक गरिएको लिरिकल भिडियोमा शब्दले भन्न खोजेको कुराहरु विम्वात्मक ढंगले म्युजिक भिडियोका सम्पादक धन खालिङले हरेक बिम्बहरुको निक्कै उत्कृष्ट प्रयोग गरेको देख्न सकिन्छ।

अहिले हाम्रो देश, समाज र नेपाली समुदायले भोगिरहेको बास्तविक यथार्थताको एउटा स्पष्ट चित्र हो। यस्तो गीतहरु अरु थुप्रै बन्नु पर्दछ। प्रदेश नं. १ खोटाङ (क) प्रदेश सभा सदस्य तथा गीतकार राजन राई र भोजपुर जिल्लाबाट निर्वाचित संधिय साँसद सुदन किरातीले यो गीतको भाव पक्ष र बैचारिक पक्षलाई प्रत्येक नेपालीहरुले एक पटक मनन गर्नु पर्ने समय आएको भन्दै गीतकार भुपाल राई लेखन उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...