News Portal

एक नै नभए, खोइ कसरी, लाख हुन्छ?

हिमालीसंचार संवाददाता
५०३ पटक

एक नै नभए, खोइ कसरी, लाख हुन्छ?
जीन्दगीमा न तारिफ, न मजाक हुन्छ।

लुके जस्तो गर्दा कसैले नदेखे झैँ गर्यो
उ फुर्ती लाउछ यस्तो पो चलाख हुन्छ।

घाँटी सम्मै, भन्ने कुरा, भरिएको थियो
बोल्ने पालो आउँछ फेरी अवाक हुन्छ।

भाग्यमा भए, म मेरो, भाग्य बदल्नेछु
सबै भन्दा ठूलो, आमाको काख हुन्छ।

दिनभरी मनमा सपना र आशा थियो
साँझ परेपछि खोइ कसरी राख हुन्छ।

बोल्नै हुन्न हिजोआज मन बदलेउ की
भनिदेउ किन! मुख भरी जवाफ हुन्छ।

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...