News Portal

चर्चित हास्य कलाकार हरिवंश आचार्य दाम्पतीलाई कोरोना संक्रमण

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाण्डौ – वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हास्य कलाकार आचार्यले फेसबुक पेजमार्फत् आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामान्य लक्षण देखिएपछि सोमबार पिसिआर परीक्षण गराएको जानकारी दिँदै आचार्यले मंगलबार आएको रिपोर्टमा दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर टेस्ट गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ। हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरूले होम आइशोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला,’ आचार्यले लेखेका छन्।

‘यहाँहरूको माया, आशिर्वाद र शुभेच्छाका कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरू सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध गर्दछौं,’ आचार्यले लेखेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...