News Portal

पूर्वेली लोकभाका ‘कात्तिके साल्पा’ सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५४२ पटक

काठमाण्डौ – खोटाङ जिल्ला केपिलासगढी गाउपालिका सुङदेल-७ रियाङका गीतकार नवराज राईले पूर्वेली लोकभाका ‘कात्तिके साल्पा…!’  गायक राजेश पायल राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

गीतकार राई संखुवासभा खाँदबारीका एक स्थानीय बोर्डिङ स्कुलमा कार्यरत, संखुवासभाकै खाँदबारी एफएममा समेत कार्यरत छन्। गीतकार राईले पुर्वेली लोकगीत “कात्तिके साल्पा…” गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा बजारमा ल्याएका हुन् । 

सार्वजनिक पूर्वेली लोकभाका गीतको संगीत चर्चित युवा संगीतकार अनिल कोयी राईको रहेको छ। गीतमा विशेष गरेर खोटाङ जिल्ला केपिलासगढी गाउँपालिका वडा नं. ७ सुङदेल सेरोफेरोका प्राकृतिक  सुन्दरता, गाउँठाउँको परिचय  साथै संस्कार संस्कृतिलाई गीतकार राईले प्रस्तुत गरेका छन् । 

त्यस्तै, भोजपुर, खोटाङ र सोलुखुन्बूको संगम पवित्र स्थल साल्पा त्यस भेगको चर्चित पवित्र तीर्थस्थल, पर्यटकीय तथा धार्मिक स्थल साल्पाधामको विशेष महत्वलाई गीतकार राईले लोकभाका मार्फत संगीतमा रूपान्तरण गरेको हिमाली संचारसंगको कुराकानीमा बताए। 

साल्पाधाम भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेरथुम, पांचथर, धनकुटा लगायत पूर्वका विभिन्न जिल्लाका तिर्थालु भक्तजन आफ्नो मनोकांक्ष पुरा गर्नका लागि र उदेश्य प्राप्तिको भाकल भाग्न विशेषत बैशाखे पुर्णिमा र मंसिरे पुर्णिमामा दर्शनार्थीहरुको धुइचो रहन्छ।

गीतकार राईले स्थानीय साल्पा भाकाको जुहारी लोकभाका जस्तै भाकामा नरहे पनि पुर्वेली लोकभाकाको लागि दुर्लभ शब्दावली प्रयोग गरेर छुट्टै मनोरंजन दिने शब्द राखेका छन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...