News Portal

मेलम्चीलमा चाडपर्वलाई लक्षित गर्दै प्रहरीको अनुकरणिय कार्य

हिमालीसंचार संवाददाता
४२८ पटक

दुर्गा श्रेष्ठ/मेलम्ची – ईलाका प्रहरी कार्यालय मेलम्चीले आजबाट सवारी दुर्घटना रोक्नकालागी सवारिसाधन चेकजाँचको कामलाई अगाडी बढाएको छ। मेलम्ची नगरपालिका वडा नम्बर १२ बाहुनेपाटिमा प्रहरिले आज एक कार्यक्रम गर्दै यातायातको साधनको चेकजाँचलाई सुरु गरेको हो ।

चाडपर्व नजिकिदै गर्दा यातायातका साधनहरुको अत्यधिक चाप हुने र यो समयमा यातायातमा यान्त्रिक समस्या धेरै आउने हुनाले यसलाइ न्युनिकरण गर्न चेकजाँचको काम अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङ्ले जानकारी दिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले दुर्घटना हुन नदिन यातायातका साधनहरु बेला बेला चेकजाँच गर्नैपर्ने बताएकी छिन्। उपमेयर नेपालले यातायातका साधनहरुले आफ्नो क्षमता अनुसार मात्र यात्रु तथा सामान बोक्न आग्रह समेत गरेकी छिन्। 

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...