News Portal

सभापति देउवालाई ओली र प्रचण्डको तारन्तार फोन

दाङको पक्षमा कांग्रेसको समर्थन खोज्दा नेकपाभित्रै असन्तुष्टि !

हिमालीसंचार संवाददाता
४७७ पटक

काठमाडौं – प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ। कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं आएका छन्।

मुख्यमन्त्री पोखरेलको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई टेलिफोन गरेर आन्दोलन रोकिदिन र सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो। त्यसैगरी कार्यकारी अध्यक्ष प्रचण्डले पनि शेरबहादुर देउवालाई फोन गरेर दाङलाई नै स्थायी राजधानी बनाउने प्रस्तावमा कांग्रेसका तर्फबाट सहमति जनाइदिन आग्रह गरेका छन्।

‘प्रदेशसभामा नेकपाको दुईतिहाई बहुमत छ। कांग्रेसले जति विरोध गरे पनि नेकपाकै भोटले दाङको पक्षमा प्रस्ताव पारित भइहाल्छ’ कार्यकारी अध्यक्ष प्रचण्डले देउवालाई फोनमा भने,‘त्यसैले कांग्रेसले आन्दोलन रोकोस् र दाङकै पक्षमा मतदान गरोस्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम र राजधानी राष्ट्रिय सहमतिका आधारमा तय गरिनु बाञ्छनीय हुने भन्दै कांग्रेस सभापति देउवालाई आन्दोलन रोकेर सहमति जनाइदिन आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो।

नेकपाका शीर्ष नेताहरुले देउवालाई तारन्तार फोन गरेर सहमतिमा आउन आग्रह गरे पनि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले भने राजधानीको नाम र स्थान तोक्ने बेलामा प्रदेश ५ को विपक्षी दलसँग कुनै परामर्श नगरी एकलौटी चल्न खोजेको प्रदेशका कांग्रेस नेताहरुको गुनासो छ।

अर्कोतर्फ, काठमाडौंमा सहमति खोजिरहेको नेकपाको आफ्नै दलभित्र असहमतिका स्वरहरु सुनिन थालेका छन्। दाङको पक्षमा भोट हालिदिन देउवासँग आग्रह गरिरहँदा नेकपाकै भोट दाङको विपक्षमा पर्ने संकेत देखिन थालेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...