News Portal

  • यूपीको बलात्कार-हत्या प्रकरण: थुप्रै अधिकारी निलम्बित

    हिमालीसंचार संवाददाता
    ६५१ पटक

    नयाँदिल्ली – भारतको उत्तर प्रदेशस्थित हाथरसमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या प्रकरण यतिबेला पेचिलो बन्दै गएको छ। योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले सोही प्रकरणमा जोडिएका हाथरस क्षेत्रका थुप्रै प्रहरी अधिकारीहरुलाई निलम्बन गरि दिएको छ।

    पीडितप्रति प्रहरीको भूमिका विवादित भएको भन्दै चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री आदित्यनाथको निर्देशनमा त्यस क्षेत्रका अधिकांश अधिकृतलाई निलम्बन गरिएको हो। भारतीय मिडियाका अनुसार घटना भएको क्षेत्रका एसपी, डिएसपी, इन्स्पेक्टरसहित अन्य अधिकारीहरु निलम्बनमा परेका छन्।

    सोही घटनालाई लिएर राजधानी दिल्लीस्थित जन्तरमन्तरमा व्यापक विरोध प्रदर्शन भएपछि शुक्रबार साँझ मुख्यमन्त्री आदित्यनाथले यस्तो कदम चालेका हुन्। यस्तै आदित्यनाथले उत्तर प्रदेशमा महिलाहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित भएको भन्दै चेतावनी दिए।

    उनले ट्वीटरमा लेखेका छन्, ‘उत्तर प्रदेशमा आमा–दिदीबहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित छ। उनीहरुलाई यस्तो सजाय हुनेछ, जो भविष्यमा उदाहरणीय हुनेछ। तपाइँको उत्तर प्रदेश सरकार हरेक अभिभावकहरुको सुरक्षा र विकासका लागि प्रतिबद्ध छ।

    हाथरस क्षेत्रमा रहेकए एक गाउँकी १९ वर्षीया किशोरीमाथि गत सेप्टेम्बर १४ मा चार जनाले सामूहिक बलात्कार गरी भौतिक आक्रमण समेत गरेका थिए। प्रहरीले भने पीडितलाई न्याय दिलाउने भन्दा पनि दोषीसँग मिलेको भन्दै आम नागरिक सडकमा उत्रिएका थिए। – एजेन्सी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...