News Portal

कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक !

हिमालीसंचार संवाददाता
४४४ पटक

सुर्खेत – कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक बनेको छ। मन्त्रालयलाई दिएको स्वीकृति दरबन्दी अनुसार कर्णालीमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा बाधा पुगेको हो। उसो त कर्णालीमा कर्मचारी आउन आनाकानी गर्ने गरेको पाइन्छ।

यद्यपी प्रदेश सरकारले यहाँ आउने कर्मचारीका लागि प्रोत्साहन भत्ता कार्यक्रम ल्याएपनि अझै कर्मचारी अभाव देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय अर्न्तगतका कार्यालयमा जनशक्ति अभाव भएकै कारण कार्यक्रहरु प्रभावकारी तरिकाले गर्न नसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्वीकृत दरबन्दीभन्दा ५५.४ प्रतिशत जनशक्ति कमी भएको छ। हाल मन्त्रालयमा ४४.६ प्रतिशत जनशक्ति रहेका छन्। मन्त्रालय वा अन्तर्गत रहेका जम्मा १ हजार ७० दरबन्दीमध्ये ४ सय ७७ दरबन्दी मात्र पूर्ति भएको मन्त्रालय स्रोतले जनाएको छ।

सामाजिक विकास कार्यालय अन्तर्गत जुम्लामा ७ दरबन्दीमध्ये ३, मुगुमा ६ मध्ये २, हुम्लामा ६ मध्ये २ दरबन्दी कार्यरत रहेका छन् भने कालिकोटमा ६ मध्ये २, जाजरकोटमा ७ मध्ये ३, दैलेखमा ७ स्वीकृति दरबन्दीमध्ये ३ जना कार्यरत रहेको मन्त्रालय स्रोतले जनाएको छ।

यस्तै, शिक्षा विकास निर्देशनालय सुर्खेतमा २८ स्वीकृत दरबन्दीमध्ये १६, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा ३७ मध्ये ३० जना कार्यरत छन्। मन्त्रालय स्रोतका अनुसार प्रदेश अस्पताल सुर्खेतमा ३ सय २५ मध्ये ८२, मेहलकुना अस्पताल सुर्खेतमा ५३ मध्ये ३४ र स्वास्थ्य सेवाका कार्यालय रुकुमपश्चिममा ४८ दरबन्दीमध्ये ३० जना कार्यरत छन् भने स्वास्थ्य सेवा कार्यालय सल्यानमा ६५ मध्ये ३०, डोल्पामा ४७ मध्ये, १० र जुम्लामा १६ मध्ये १६ जना कार्यरत छन्।

यसैगरी स्वास्थ्य सेवा कार्यालय मुगुमा ४८ स्वीकृत दरबन्दीमध्ये २३, हुम्लामा ४८ मध्ये १२, कालिकोटमा ४७ मध्ये १४, जाजरकोटमा ६५ मध्ये ३७, दैलेखमा ६५ मध्ये ३१ सुर्खेतमा १५ स्वीकृत दरबन्दीमध्ये १३ जना कार्यरत रहेका छन्।

मन्त्रालय स्रोतका अनुसार प्रदेश आयुर्वेद औषधालयमा सुर्खेतमा ८ स्वीकृत दरबन्दीमध्ये ७, मानव संसाधन विकास केन्द्रमा ३२ मध्ये २२ जना र प्रदेश संग्रहालय सुर्खेतमा १३ स्वीकृत दरबन्दीमध्ये ८ जना कार्यरत रहेका छन्।

मन्त्रालयको तुलनात्मक रुपमा पाँचौ, छैठौं र सातौं कर्मचारीको पदपूर्ति सबभन्दा बढि ५७.७ प्रतिशत र नवौं तहका कर्मचारीको पदपूर्ति सबभन्दा कम ११.६ प्रतिशत रहेका छन्। प्रदेश अन्तर्गत चिकित्सकहरुको जम्मा दरबन्दी १ सय ८४ मध्ये करार बाहेक जमम्मा ३२ जना कार्यरत छन्। जुन स्वीकृत दरबन्दीको १७.४ प्रतिशत रहेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...