News Portal

  • पर्साका सहकारीले चर्को मुल्यमा अनुदानको मल बेच्दै

    ७७८ पटक

    वीरगञ्ज – पर्साका ग्रामीण क्षेत्रमा रहेका सहकारीहरुले अनुदानको मलमा मनपरी मूल्य निर्धारण गरेको पाइएको छ ।

    कृषि सामग्री कम्पनी लिमिटेको वीरगञ्जस्थित कार्यालयबाट सरकारी अनुदानको मल लगेर कृषि सहकारी संस्थाहरुले ग्रामीण क्षेत्रमा चर्काे मूल्यमा बेच्ने गरेका हुन् ।

    कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जबाट अहिले सहकारीहरुले ७ सय रुपैयाँ प्रतिबोरामा खरिद गरेर लगिरहेका छन् ।

    ग्रामीण क्षेत्रमा लगेर ८ सय देखि ८ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । अहिले किसानले भनेजति मल पनि पाइरहेका छैनन् ।

    पर्साको पोखरिया नगरपालिका-८ जगतपुर निवासी बिनोद साह गोढले आफ्नो गाउँमा अनुदानको युरिया मल ८५० रुपैयाँमा बिक्री भैरहेको जानकारी दिए । ‘अलि सस्तो पाइन्छ कि भनेर १२ किलोमिटर धाएर रामनगरी गएँ, त्यहाँ पनि युरिया मल प्रतीबोरा ८५० रुपैयाँ पर्‍यो ।’

    पर्साको महुवन, पोखरिया, जगतपुर, रामनगरी, गर्दौल, देवरबाना, बहुवरी, श्रीपुर, रङ्गपुरमा सहकारी संस्थाले मनोमानी तरिकाले मूल्य तय गरेर मल बेचिरहेको स्थानीय किसान बताउँछन् ।

    बहुदरमाई नगरपालिका-५ बलिराम पुरका किसान रामजित यादवले पनि महुवनबाट युरिया मल प्रती बोरा ८५० मै खरिद गरेको बताए ।

    कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साहले वीरगञ्जबाट नजिकका क्षेत्रमा भन्दा भिश्वा, जानकीटोला, सेढवा लगायत अलि टाढा दर बढी हुनु स्वभाविक भएको बताए ।

    उनले मूल्य बढ्नुमा सहकारीको मात्रै दोष नरहेको ठोकुवा गरे । ‘कम्पनीले हामीलाई कहिले ४० बोरा, कहिले ६० बोरा, सय बोरा मल दिन्छ, कहिले त ट्याक्टर जान्छ त्यसै फर्केर पनि आउँछ,’ उनले भने, ‘ट्याक्टरमा १ सय ४० बोरासम्म ल्याउन सकिन्छ । एक पटकमा १ सय ४० बोरा ल्याउन पाए भाडा खर्च बच्छ, किसानलाई अलि सस्तोमा दिन सकिन्थ्यो ।’

    उनले कतिपय संस्थाहरुले बदमासी गरेर व्यापारीहरुलाई बिक्री गरेको जानकारी संघमा पनि आएको बताउँदै उनले संघले सहकारीहरुको अनुगमनसमेत गरिरहेको जानकारी दिए ।

    कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले सहकारीलाई प्रतिबोरा ७ सयका दरले युरिया मल दिइरहेको छ ।

    जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने आपूर्ति व्यवस्थापन समितिलाई मल आपूर्ति र व्यवस्थापनको जिम्मा दिइएको हुन्छ ।

    सम्बन्धित निकायबाट अनुगमन न भएकोले कृषि सहकारीहरुको मनोमानी बढेको र किसान मारमा परेको खुवाप्रसौनी गाउँपालिका वडा नं ५ का किसान हरिचरण साह गोढले गुनासो गरे । ‘अलिकति मलको अभाव हुने वित्तिके मनलाग्दी भाउ लिन्छन्, सरोकारवाला निकायलाई कुनै मतलब नै हुँदैन,’ उनले भने, ‘त्यसैले गर्दा किसान मारमा परिरहेको छ । ‘

    कृषि सामाग्री कम्पनी लिमिटेड वीरगञ्ज क्षेत्रीय कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले भने बढी मूल्य लिएको गुनासो कार्यालयमा नआएको बताए ।

    ‘हामीले डिलरहरुलाई युरिया ७ सय रुपैयाँमा दिएका छौं, सहकारी सञ्चालक समितिले चलनचल्तीको भाडा र लोड अनलोड खर्च जोडेर मूल्य निर्धारण गर्ने हुन् । ७ सय ५० देखि ७ सय ६० रुपैयाँसम्म बिक्री हुन्छ,’ सूचना अधिकारी केसीले भने, ‘बिक्री गरेको परिमाण र दरसहित खुलाएर वडाबाट प्रमाणित गरेर कागजपत्र ल्याएपछि मात्रै अर्कोपटक मल दिने गरिएको छ ।’

    भनेको जति नपाएकोले अलि बढी मूल्य लिएको हुनसक्ने बताउँदै उनले मूल्य चर्को लिएको उजुरी आएको खण्डमा छानबिन गरेर समान नदिने डिलरसिप खारेज गर्नेसम्म कारबाही हुने चेतावनी दिएको अनलाइनखबरले समाचार लेखेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...