News Portal

पासपोर्ट थन्क्याएर पौरखी युवकले गाउँमै सुरु गरे कुखुरापालन

७४५ पटक

सुर्खेत – विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्क्याएर गाउँमै कुखुरापालन शुरु गरेका छन् ।

पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर कतार गएका उनले यस पटक भने विदेश जान मन गरेनन् । बरु आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सुरु गरे ।  बराहताल गाउँपालिकामा सञ्चालित उनको अन्नपूर्ण पोल्टी फार्ममा अहिले एक हजार कुखुरा छन् ।

लामिछानेले कृषि विकास बैंकबाट ६ लाख र सरसापटबाट ६ लाख गरी १२ लाख रुपैयाँमा कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । ‘बैंक र केही आफूसँग भएको रकमबाट भर्खरै व्यवसाय शुरु गरेको हुँ’, उनले भने । आगामी दिनमा यसलाई अझ राम्रो बनाउँदै लैजाने तथा अब नेपालमै बसेर स्वाबलम्बी बन्ने लामिछाने बताउँछन् ।

सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर सस्तो ब्याजदरमा ऋण दिएर विदेशिने युवालाई काम दिनुपर्ने लामिछानेको भनाइ छ । ‘गाउँमै केही गरौँभन्दा ऋण पाइँदैन तर विदेश जान्छु भन्दा सबैले जति मागे पनि ऋण दिन्छन्’ उनी भन्छन् ।

आफूले पनि गाउँमै व्यवसाय सञ्चालन गर्छु भन्दा कसैबाट ऋण नपाएपछि अरुलाई भन्न लगाएर ऋण पाएको अनुभव लामिछानेले सुनाए । ‘कुखुरापालन व्यवसाय गरेको धेरै लामो समय भएको छैन, लगानी अहिले बराबरमा रहेको छ अब फाइदा हुन्छ होला’, लामिछानेले भने ।

बराहताल–५ सुर्खेतका जीवन लामिछानेले पनि आफूले बनाएको राहदानी थन्काएर गाउँमै भैँसीपालन व्यवसाय शुरु गरेका छन् । स्थानीय बहुमुखी कृषि सहकारी संस्थाबाट एक लाख ऋण लिएर भैँसीपालन गरेका हुन् । समुदायको आवश्यकता र मागका आधारमा योजनाको छनोट हुने भए गाउँमा स्वरोजगारको वृद्धि हुने नागरिक अगुवा खिम रेग्मीले बताए ।

कुनै पनि बैंक, सहकारी तथा अन्य संस्थाबाट लिएको रकमको सही सदुपयोग गरे युवा विदेशिनु नपर्ने र स्वदेशमै बसेर पनि सुन फलाउन सकिने रेग्मीको धारणा छ । कर्णालीको गरीबी हटाउन प्रदेश सरकार, स्थानीय सरकारले पहिलो चरणमा आय आर्जन व्यवसाय र क्षमता विकासमा लगानी गर्नुपर्ने रेग्मीको सुझाव छ । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...