News Portal

पासपोर्ट थन्क्याएर पौरखी युवकले गाउँमै सुरु गरे कुखुरापालन

८१२ पटक

सुर्खेत – विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्क्याएर गाउँमै कुखुरापालन शुरु गरेका छन् ।

पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर कतार गएका उनले यस पटक भने विदेश जान मन गरेनन् । बरु आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सुरु गरे ।  बराहताल गाउँपालिकामा सञ्चालित उनको अन्नपूर्ण पोल्टी फार्ममा अहिले एक हजार कुखुरा छन् ।

लामिछानेले कृषि विकास बैंकबाट ६ लाख र सरसापटबाट ६ लाख गरी १२ लाख रुपैयाँमा कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । ‘बैंक र केही आफूसँग भएको रकमबाट भर्खरै व्यवसाय शुरु गरेको हुँ’, उनले भने । आगामी दिनमा यसलाई अझ राम्रो बनाउँदै लैजाने तथा अब नेपालमै बसेर स्वाबलम्बी बन्ने लामिछाने बताउँछन् ।

सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर सस्तो ब्याजदरमा ऋण दिएर विदेशिने युवालाई काम दिनुपर्ने लामिछानेको भनाइ छ । ‘गाउँमै केही गरौँभन्दा ऋण पाइँदैन तर विदेश जान्छु भन्दा सबैले जति मागे पनि ऋण दिन्छन्’ उनी भन्छन् ।

आफूले पनि गाउँमै व्यवसाय सञ्चालन गर्छु भन्दा कसैबाट ऋण नपाएपछि अरुलाई भन्न लगाएर ऋण पाएको अनुभव लामिछानेले सुनाए । ‘कुखुरापालन व्यवसाय गरेको धेरै लामो समय भएको छैन, लगानी अहिले बराबरमा रहेको छ अब फाइदा हुन्छ होला’, लामिछानेले भने ।

बराहताल–५ सुर्खेतका जीवन लामिछानेले पनि आफूले बनाएको राहदानी थन्काएर गाउँमै भैँसीपालन व्यवसाय शुरु गरेका छन् । स्थानीय बहुमुखी कृषि सहकारी संस्थाबाट एक लाख ऋण लिएर भैँसीपालन गरेका हुन् । समुदायको आवश्यकता र मागका आधारमा योजनाको छनोट हुने भए गाउँमा स्वरोजगारको वृद्धि हुने नागरिक अगुवा खिम रेग्मीले बताए ।

कुनै पनि बैंक, सहकारी तथा अन्य संस्थाबाट लिएको रकमको सही सदुपयोग गरे युवा विदेशिनु नपर्ने र स्वदेशमै बसेर पनि सुन फलाउन सकिने रेग्मीको धारणा छ । कर्णालीको गरीबी हटाउन प्रदेश सरकार, स्थानीय सरकारले पहिलो चरणमा आय आर्जन व्यवसाय र क्षमता विकासमा लगानी गर्नुपर्ने रेग्मीको सुझाव छ । रासस

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...