News Portal

डेभिडलाई छुटाउन एनआरएनए मलेसियाका अध्यक्ष भट्टराई सक्रिय

हिमालीसंचार संवाददाता
५९० पटक

काठमाडौं – मलेसियामा रहेर म्यानपावर तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड अपहरण र फिरौतीको आरोपमा काठमाडौंमा पक्राउ परे लगत्तै उनलाई छुटाउन सत्तारुढ नेकपाका नेताहरुसहित एनआरएन मलेसियाका अध्यक्ष पनि लागिपरेको पाइएको छ।

आफ्नै कामदारलाई विभिन्न आरोप लगाउँदै बन्धक बनाएर फिरौती लिने डेभिड पक्राउ परेपछी छुटाउन एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराई सक्रिय भएर लागेको पाइएको हो। अध्यक्ष भट्टराई पक्राउ परेका श्रेष्ठकी श्रीमतीलाई लिएर मलेसियास्थित नेपाली दुतावास पुगेका थिए। उनले पिडित कामदारलाई चोरीको आरोप लगाएर नेपाल प्रहरीलाई पत्र पठाउन दवाव दिएका थिए। नेपालमा पनि नेकपाका नेताहरुलाई उनीहरुले दवाव दिएका छन्।

आफ्नै रेष्टुरेण्टमा काम गर्ने दाङका महम्मद रैदासलाई ६ दिनदेखि अपहरण तथा बन्धक बनाई नेपालमा उनकी श्रीमतीबाट १६ लाख रकम लिएका डेभिड नेपाल आएर रकम निकाल्ने क्रममा पक्राउ परेका थिए। मोरङको सुन्दरहरैचा स्थायी घर भएका डेविड मलेसियामा गुण्डागर्दी अपहरण र अन्य अवैध धन्दामा पनि संलग्न रहँदै आएको उनलाई जान्नेहरु बताउँछन्। उनकै कारण झापाका विक्रम थेबे आफू मलेसिया छोडेर नेपाल फर्कनु परेको बताउँछन्।

आवरणमा म्यानपावर र रेष्टुरेण्ट व्यवसाय भएपनि गुण्डागर्दीमा समेत वद्नाम रहेका डेविडलाई प्रहरीको अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले अपहरण र फिरौती प्रकरणमा मंगलवार पक्राउ गरेको हो। मलेसियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले वैदेशिक रोजगारीमा मलेसियामा गएका नेपाली युवाहरुलाई नै कुटपीट र शोषण गर्दै आएका पिडितहरुले बताएका छन्।

डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अबैध तरिकाले लैजाने र त्यहाँ देहव्यापारमासमेत लगाउने गरेको समेत स्रोतको दाबी छ। डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथिसमेत निर्घात कुटपीट गर्ने गरेको खुलेको थियो। मलेशियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्यादती गर्दै आएको पिडित नेपालीहरुले बताएका छन्। – हाम्राकुराबाट।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...