News Portal

निस्वार्थ मनले सहयोग गर्नु नै समाज सेवा हो !

हिमालीसंचार संवाददाता
५३२ पटक

हामी बीच समाज सेवा शब्द अत्यन्तै लोकप्रिय बनिरहेको छ। जुगल गाउँपालिका कर्मा लामा भन्छन् निस्वार्थ मनले सहयोग गर्नु नै समाज सेवा हो।

हामीले मानिरहेको जुनसुकै धर्मका धर्मिक ग्रन्थहरुमा पनि समाजको सेवा गर्नु पर्दछ र यसले पुन्य मिल्ने अर्थपूर्ण कुराहरू उल्लेख गरेको पाइन्छ। त्यसैले समाज सेवाको अर्को नाम नै दुख, पिडा र आपतमा परिरहेकोहरुलाई सहयोग गरेर राम्रो कर्म गर्नु भन्ने बुझिन्छ। 

आजको मानव सभ्यता पुरै आधुनिकतामा प्रवेश गरिसकेको अवस्था छ। मानिसहरु बिनालाभ कुनै काम गर्न चाहँदैन। यस्तो अबस्थामा समाज सेवाको कुरा गर्नु त्यति सजिलो भने छैन। मेरो बुझाइमा यस संसारका कुनै पनि ठाउमा कुनै पनि समयमा जो कोहि प्राणीलाई दुख, पिडा र अपत बिपत पर्दछ, त्यस्तो अबस्थामा निस्वार्थ भावनाले गरिने सहयोग नै समाज सेवा हो। मलाई सानै देखि अरुको दुख देख्दा दुख लाग्ने गर्थ्यो। 

सामान्य परिवारमा जन्मिएको म। मनमा सहयोगी भावना भएर पनि कसैलाई सहयोग गर्न सकिँदैन थियो। तर पनि गाउँ घरमा कोही बिरामी परेमा कसैलाई केही अप्ठ्यारो परेमा सहयोग गर्ने विचार राख्ने गर्थे। अप्रत्यक्ष रुपमा गरिने सहयोग नगन्य हुन्छन। 

हामीलाई थाहा छ, हाम्रो जीवनको अस्तित्व भबिस्यबाणी कसैले पनि गर्न सकिँदैन। त्यसैले कसलाई कुन समयमा दुख पर्छ। भन्न सकिन्न। सुख मात्र जीवन हैन दुख पनि जीवन हो। 

त्यसैले समाज सेवा भन्दा सुन्दर कार्य अरु हुन सक्दैन। म जति बेला पनि संसारका सबै प्राणी जगतलाई राम्रो हुन पर्छ भन्ने कामना गरिरहेको हुन्छु। तपाईहरु पनि यहि सोचले जीवन जिउनी गर्नुहोस। तपाईंको जीवन सुन्दर जीवन बन्ने छ। सेवा नै धर्म हो। 

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...