News Portal

निस्वार्थ मनले सहयोग गर्नु नै समाज सेवा हो !

हिमालीसंचार संवाददाता
४९४ पटक

हामी बीच समाज सेवा शब्द अत्यन्तै लोकप्रिय बनिरहेको छ। जुगल गाउँपालिका कर्मा लामा भन्छन् निस्वार्थ मनले सहयोग गर्नु नै समाज सेवा हो।

हामीले मानिरहेको जुनसुकै धर्मका धर्मिक ग्रन्थहरुमा पनि समाजको सेवा गर्नु पर्दछ र यसले पुन्य मिल्ने अर्थपूर्ण कुराहरू उल्लेख गरेको पाइन्छ। त्यसैले समाज सेवाको अर्को नाम नै दुख, पिडा र आपतमा परिरहेकोहरुलाई सहयोग गरेर राम्रो कर्म गर्नु भन्ने बुझिन्छ। 

आजको मानव सभ्यता पुरै आधुनिकतामा प्रवेश गरिसकेको अवस्था छ। मानिसहरु बिनालाभ कुनै काम गर्न चाहँदैन। यस्तो अबस्थामा समाज सेवाको कुरा गर्नु त्यति सजिलो भने छैन। मेरो बुझाइमा यस संसारका कुनै पनि ठाउमा कुनै पनि समयमा जो कोहि प्राणीलाई दुख, पिडा र अपत बिपत पर्दछ, त्यस्तो अबस्थामा निस्वार्थ भावनाले गरिने सहयोग नै समाज सेवा हो। मलाई सानै देखि अरुको दुख देख्दा दुख लाग्ने गर्थ्यो। 

सामान्य परिवारमा जन्मिएको म। मनमा सहयोगी भावना भएर पनि कसैलाई सहयोग गर्न सकिँदैन थियो। तर पनि गाउँ घरमा कोही बिरामी परेमा कसैलाई केही अप्ठ्यारो परेमा सहयोग गर्ने विचार राख्ने गर्थे। अप्रत्यक्ष रुपमा गरिने सहयोग नगन्य हुन्छन। 

हामीलाई थाहा छ, हाम्रो जीवनको अस्तित्व भबिस्यबाणी कसैले पनि गर्न सकिँदैन। त्यसैले कसलाई कुन समयमा दुख पर्छ। भन्न सकिन्न। सुख मात्र जीवन हैन दुख पनि जीवन हो। 

त्यसैले समाज सेवा भन्दा सुन्दर कार्य अरु हुन सक्दैन। म जति बेला पनि संसारका सबै प्राणी जगतलाई राम्रो हुन पर्छ भन्ने कामना गरिरहेको हुन्छु। तपाईहरु पनि यहि सोचले जीवन जिउनी गर्नुहोस। तपाईंको जीवन सुन्दर जीवन बन्ने छ। सेवा नै धर्म हो। 

प्रतिकृया दिनुहोस्

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...