News Portal

प्रदेश १ प्रविधि मैत्री शिक्षण सिकाईमा मुख्यमन्त्रीको जोड

हिमालीसंचार संवाददाता
३३८ पटक

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधि मैत्री शिक्षण सिकाई आवश्यक भएकोमा जोड दिएका छन् । प्रदेश १ का विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधि मैत्री बनाउने अभियानको सुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए ।

सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धी अनलाइन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा सुरु गरिसकेको बताउँदै उनले भने, शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ ।’ डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० वर्ष भित्रमा प्रदेशबाट किताब र झोला मुक्त गरिने लक्ष्य अनुसार काम भइरहेको बताए । कोरोनाका कारण १० वर्ष भित्रको लक्ष्य ३ वर्ष भित्रमा पुरा हुने देखिएको मन्त्री घिमिरेले बताए ।

कोरोनाका कारण अहिले अनलाइन शिक्षण विधि सुरु भइसकेको बताउँदै उनले किताब र झोला मुक्त प्रदेश चाँडै हुने दाबी गरे । पहिलो चरणमा ६ बटा स्थानीय तहका ६ सय शिक्षकलाई तालिम सुरु गरिए पनि दसैँ अगावै ३० वटा स्थानीय तहका ३ हजार शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम दिइने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचना प्रविधिको तालिम लिइसके पछि चेतना, प्रविधि र सीपको भेल आउने उहाँले बताउनुभयो । समाज प्रविधि प्रति आकर्षित बन्दै गएको मन्त्री घिमिरेको भनाई छ ।

मन्त्री घिमिरेले विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्य हुने छ ।’ सामाजिक विकास मन्त्री घिमिरेले आगामी दिनमा कठोर लकडाउनको अवस्था नभएकाले कोरोनासँग जुध्दै अघि बढ्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले प्रविधि अनलाइन तालिमले शिक्षक सिकाइमा महत्त्वपूर्ण उपलब्धि हुने बताए ।

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरूका लागि आधारभूत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धी शिक्षकहरूमा क्षमता विकास तालिममा इलामको सूर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरेका ६ सय शिक्षकहरूको सहभागिता रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रासस 

प्रतिकृया दिनुहोस्

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...