News Portal

आकृति कन्ट्रक्सनले बनाएको सडक दुई महिनामै झार, ठाउँठाउँमा भत्कियो

हिमालीसंचार संवाददाता
४६२ पटक

रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका वडा नं. ४ स्थित चाेप्राह नजिकमा रहेकाे सिक्किमलाल मण्डलको किराना पसलदेखि दक्षिण बोर्डर सम्मकाे जाने बाटो कमसल र गुणस्तरहिन निर्माण गरेको भन्दै स्थानीयले बिराेध गरेका छन। स्थानीयले संयुक्तरूपमा पत्रकार सम्मेलन जानकारी गराएका हुन।

रंगेली नगरपालिकाले २०७५ माघ २५ गते ७० लाख रुपैयाकाे लागतमा उक्त सडक निर्माण सुरु गर्न उपभोक्तालाई जिम्मा लागिएको थियो। उक्त काम सम्पन्न नगरपालिकाले तीन पटकसम्म उक्त सडककाे ठेक्का सम्झौता थप समेत गरेको थियो।   

सुरुमा बीस फिट चाैडाई र ५ सय १२ मिटर लम्बाई निर्माण गर्ने एस्टिमेट भएता पनि उक्त सडक निर्माण गर्ने समयसम्म १६ फिट चाैडाईमा निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएको ३ महिना नबित्दै साे बाटाेमा अहिले झार उम्रिएकाे, ठाउँठाउँमा फुटेको र पिचकाे गिट्टी समेत निस्कन थालेपछि उपभोक्ता समितिकाे सदस्यमा रहेका विशेश्वर प्रसाद मंन्डल, प्रमानन्द मंण्डललगायत ६ जनाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन।    

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक कुमार मंण्डल, सचिव रनवहादुर मंण्डल काेषाध्यक्ष दुनियाँ देवि मंण्डललगायतलाई क्रमश: २० हजार रुपैयाँ, १० हजार रुपैयाँ ५ हजार रुपैयाँ र सदस्यहरुलाई ५ हजार रुपैयाँ समेत दिएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन। सडक निर्माण समितिका सदस्य रहेकि परेख देवि मंण्डल एक बर्ष अगाडी भारतकाे पन्जावमा राेजगरीमा गएकाे समयमा उक्त समतिले पारख देविकाे छाेरीसंग किर्ते सहि छाप गराएर बहुमत पुगाएर उनीहरुले सडक निर्माण सम्पन्न गरेको, आफूहरुलाई र स्थानीयलाई सम्पुर्ण बजेटकाे पारदर्शीसमेत नगरेकाे लगाएका छन।

समितिका अध्यक्ष अशाेक मंण्डलले एक्लैटि रुपमाले उक्त सडक कालोपत्रे गर्न रंगेलीमा रहेको आकृति कन्ट्रक्सनका प्रमुख बिरेन्द्र साहलाई जिम्मा लगाएकाे थियो। अध्यक्षले साे सडक निर्माण गर्ने आकृति कन्ट्रक्सनलाई के कति रकममा दिएकाे त्याे भने थाहा नभएको भन्दै पन्छिन खाेजेका छन। 

वडाध्यक्ष भुपेन्द्र मंण्डलका अनुसार साे बिषयमा आफुलाई समितिले कुनै जानकारी नगराएकाे तर काम भने राम्रो भएको अभिब्यक्ति दिएका थिए। नगरपालिकाले ७० लाख रुपैयाँको कालोपत्रे सडक निर्माण कार्यका लागि उपभोक्तालाई दिएकाे तर उपभोक्ताहरुले कालोपत्रे सडक निर्माणकार्य गर्ने चाहिने आवश्यक सामाग्री समते कहाँबाट ल्याउछन भन्ने हेक्कासमेत नहुदा अहिले उक्त सडक दुई महिनामै बिग्रिन थालेको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...