News Portal

आकृति कन्ट्रक्सनले बनाएको सडक दुई महिनामै झार, ठाउँठाउँमा भत्कियो

हिमालीसंचार संवाददाता
४४० पटक

रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका वडा नं. ४ स्थित चाेप्राह नजिकमा रहेकाे सिक्किमलाल मण्डलको किराना पसलदेखि दक्षिण बोर्डर सम्मकाे जाने बाटो कमसल र गुणस्तरहिन निर्माण गरेको भन्दै स्थानीयले बिराेध गरेका छन। स्थानीयले संयुक्तरूपमा पत्रकार सम्मेलन जानकारी गराएका हुन।

रंगेली नगरपालिकाले २०७५ माघ २५ गते ७० लाख रुपैयाकाे लागतमा उक्त सडक निर्माण सुरु गर्न उपभोक्तालाई जिम्मा लागिएको थियो। उक्त काम सम्पन्न नगरपालिकाले तीन पटकसम्म उक्त सडककाे ठेक्का सम्झौता थप समेत गरेको थियो।   

सुरुमा बीस फिट चाैडाई र ५ सय १२ मिटर लम्बाई निर्माण गर्ने एस्टिमेट भएता पनि उक्त सडक निर्माण गर्ने समयसम्म १६ फिट चाैडाईमा निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएको ३ महिना नबित्दै साे बाटाेमा अहिले झार उम्रिएकाे, ठाउँठाउँमा फुटेको र पिचकाे गिट्टी समेत निस्कन थालेपछि उपभोक्ता समितिकाे सदस्यमा रहेका विशेश्वर प्रसाद मंन्डल, प्रमानन्द मंण्डललगायत ६ जनाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन।    

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक कुमार मंण्डल, सचिव रनवहादुर मंण्डल काेषाध्यक्ष दुनियाँ देवि मंण्डललगायतलाई क्रमश: २० हजार रुपैयाँ, १० हजार रुपैयाँ ५ हजार रुपैयाँ र सदस्यहरुलाई ५ हजार रुपैयाँ समेत दिएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन। सडक निर्माण समितिका सदस्य रहेकि परेख देवि मंण्डल एक बर्ष अगाडी भारतकाे पन्जावमा राेजगरीमा गएकाे समयमा उक्त समतिले पारख देविकाे छाेरीसंग किर्ते सहि छाप गराएर बहुमत पुगाएर उनीहरुले सडक निर्माण सम्पन्न गरेको, आफूहरुलाई र स्थानीयलाई सम्पुर्ण बजेटकाे पारदर्शीसमेत नगरेकाे लगाएका छन।

समितिका अध्यक्ष अशाेक मंण्डलले एक्लैटि रुपमाले उक्त सडक कालोपत्रे गर्न रंगेलीमा रहेको आकृति कन्ट्रक्सनका प्रमुख बिरेन्द्र साहलाई जिम्मा लगाएकाे थियो। अध्यक्षले साे सडक निर्माण गर्ने आकृति कन्ट्रक्सनलाई के कति रकममा दिएकाे त्याे भने थाहा नभएको भन्दै पन्छिन खाेजेका छन। 

वडाध्यक्ष भुपेन्द्र मंण्डलका अनुसार साे बिषयमा आफुलाई समितिले कुनै जानकारी नगराएकाे तर काम भने राम्रो भएको अभिब्यक्ति दिएका थिए। नगरपालिकाले ७० लाख रुपैयाँको कालोपत्रे सडक निर्माण कार्यका लागि उपभोक्तालाई दिएकाे तर उपभोक्ताहरुले कालोपत्रे सडक निर्माणकार्य गर्ने चाहिने आवश्यक सामाग्री समते कहाँबाट ल्याउछन भन्ने हेक्कासमेत नहुदा अहिले उक्त सडक दुई महिनामै बिग्रिन थालेको हो। 

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...