News Portal

खोटाङ खार्ताम्छाकी एक महिला तापखोलामा मृत फेला

हिमालीसंचार संवाददाता
४३३ पटक

खोटाङ – खोटाङको केपीलासगढी गाउँपालिका-२ खार्ताम्छा कुदुङकी ६० वर्षीय ठकुरी राई खोलामा मृत फेला परेकी छिन् । बुधबारदेखि सम्पर्क बिहिन भएकी राई बिहीवार बिहान घरभन्दा तलको तापखोलाको बगरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

सम्पर्क विहिन राईको शव तापखोलाको बगरमा खोलाको किनारमा अड्किएको अवस्थामा फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए।

मृतक राई तापखोलाको फड्के साँघु तर्नेक्रममा खसेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। राई माईती गएर घर फर्कने क्रममा बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीचौकी खार्ताम्छालाई खबर गरेका थिए। धटनाको अनुसंधान प्रहरीले गरिरहेको डिएसपी चिमरियाले बताए। 

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...