आज : २०२६-०८-११, मङ्गलबार

लिदी पहिरो पिडीतलाई फ्रिडम किट व्यागस् संस्थाको सहयोग

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – जुगल २ लिदीमा गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिंदा घरसँगै पुरिएर ३९ जना बेपत्ता भएका मध्ये ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन्।

पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई अहिले बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ। पहिरो पीडितलाई फ्रिडम किट व्यागस् संस्थाले विपत्तिमा परेका पिडीतको लागि सहयाेग गरेका छन्।

समाजसेवी तथा बुद्धिजीवी निर्मला श्रेष्ठको विशेष पहलमा ब्ल्याङ्केट १८० पछेउरा १८० फ्रिडम किट व्याग ८० (महिनावारी हुदा आवश्यक सरसफाइ सामाग्री) टोपी १ सय ५० सो सामग्रीहरू स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थितिमा राहत वितरण गरेको थिए।  

राहत पाएपछि केही दिनको लागि हामीलाई समस्या नहुने भन्दै पहिरोबाट विस्थापितहरु खुशी भई फ्रिडम किट व्यागस् संस्थालाई धन्यबादसमेत दिएको निर्मला श्रेष्ठले बताईन।