News Portal

भेरी नदी किनारमा आमाछाेरी मृत फेला

हिमालीसंचार संवाददाता
५४८ पटक

सुर्खेत – भेरी नदी किनारमा आमाछाेरी मृत अवस्थामा भेटिएका छन्। गत असोज ३ गते रातिदेखि वेपत्ता भएका उनिहरू मृत अवस्था भेटिएकाे प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका-११ की २३ वर्षीया पुष्पा पुन बुधबार (असोज १४ गते) र उनकी छोरी प्रमिशा ६ गते मृत अवस्थामा भेटिएका हुन्।

पुष्पाको शव भेरीगंगा नगरपालिका-९ चिप्ले नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामबहादुर घर्तीले जानकारी दिए।

आमाछोरीको शव छुट्टाछुट्टै मितिमा भेरी नदी किनारमा भेटिएको उनको भनाइ छ। उनका अनुसार असोज ३ गते राति लेकवेंशीबाट आमाछोरी बेपत्ता भएका थिए। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुल्लूखबरबाट।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...