News Portal

दूतावासहरुमा आक्रमण भइरहे बन्द – प्रधानमन्त्री कादिमी

हिमालीसंचार संवाददाता
५२३ पटक

बग्दाद – इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताएका छन। उनले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन्।

यसअघि प्रधानमन्त्री कादिमीले बग्दाद विमानस्थललाई लक्षित गरी भएको क्षेप्यास्त्र आक्रमणका बारेमा तत्काल छानबिन अघि बढाउन आदेश दिनुभएको थियो। यस आक्रमणमा बालबालिका समेत कम्तीमा ५ जनाको ज्यान गएको थियो।

प्रधानमन्त्री कादिमीले बग्दादमा रहेका कतिपय अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक नियोगहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना भइसकेको मन्त्रिपरिषद बैठकमा जानकारी गराएका थिए।

उनले संयुक्तराज्य अमेरिका र युरोपेली युनियनका दूतावासहरु बन्द गर्ने बारेमा छलफल भइरहेको पनि बताए। प्रधानमन्त्री कादिमीले क्षेत्रीय स्तरमा शान्ति सुरक्षा सुनिश्चित नहुने हो भने उनीहरु इराकमा पनि रहन मुश्किल छ,उनले भने।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...