News Portal

जुगल बोक्से खोला र जुगल लिदि जाने झोलुङ्गे पुल निर्माण सम्पन्न

हिमालीसंचार संवाददाता
४४२ पटक

सिन्धुपालचोक– जुगल गाउँपालिका वडा न ७ बोक्से खोला झोलुङ्गे पुल निमार्ण आर्थिक वर्ष २०७५।७६ देखि निर्माण कार्य शुरु भएको छ। पुलआव२०७७-७८भित्र निर्माण गरिसक्नु पर्ने बोक्से खोला झोलुङ्गे पुल निमार्ण उपभोक्त समितिका अध्यक्ष गंगालाल तामाङ अनुसार सम्झौता अवधि पुरा हुन चार महीना अघि काम सम्पन्न भएको छ।

जुगल गाउँपालिका सामुदायीक विकास तथा वातावरण संरक्षण मञ्च (CDECF) र उपभोक्ता समितिको त्रिपक्षीय समझौता भई साझेदारीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको ह।जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकले झोलुङ्गे पुलको लागि स्टिल पर्ट्स सहयोग गरेको जानकारी जुगल गाउँपालिकाको प्रशासकिय अधिकृत लोक बहादुर विक ले जानकारी गराउनु भयो।

जुगल गाउँपालिका वडा नं ५,६,७ र बलेफी गाउँपालिका वडा न ३,४ ,६,७ का मानिसहरूलाई पैदल यात्र गर्न असार देखि कार्तिक सम्म कठिन अवस्था थियो। पुलको अभावमा किसानहरूले खेतबारीमा काम गर्न सकेका थिएनन्। पुल निर्माण भएसँगै जुगल बलेफीका किसानलाई अन बाली भित्र्याउन सहज भएको स्थानिय बासिन्दाहरू बताउँछन्।

साथै जुगल गाउँपालिका वडा नं२ लिदि जाने झोलुङ्गे पुल पनि निर्माण कार्य सम्पन्न भएको जानकारी जुगल गाउँपालिका कि उपाध्यक्ष सिर्जना तामाङले बताउँनु भयो।

पूल निर्माणमा सहयोगी हातहरु नेकपा केन्द्रीय सदस्य मधाव सापकोटा (सुबोध) जुगल गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठ उपध्यक्ष सिर्जना तामाङ प्रशासकीय अधिकृत लोक बहादुर बिक जुगल ७ का वडा अध्यक्ष दिलकुमार लामा लगायतका सबै सहयोगी हातहरूलाई बोक्से खोला झोलुङ्गे पुल निमार्ण उपभोक्त समितिका अध्यक्ष गंगालाल तामाङले धन्यबाद दिनुभयाे।

प्रतिकृया दिनुहोस्

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...