News Portal

जुगल बोक्से खोला र जुगल लिदि जाने झोलुङ्गे पुल निर्माण सम्पन्न

हिमालीसंचार संवाददाता
४६२ पटक

सिन्धुपालचोक– जुगल गाउँपालिका वडा न ७ बोक्से खोला झोलुङ्गे पुल निमार्ण आर्थिक वर्ष २०७५।७६ देखि निर्माण कार्य शुरु भएको छ। पुलआव२०७७-७८भित्र निर्माण गरिसक्नु पर्ने बोक्से खोला झोलुङ्गे पुल निमार्ण उपभोक्त समितिका अध्यक्ष गंगालाल तामाङ अनुसार सम्झौता अवधि पुरा हुन चार महीना अघि काम सम्पन्न भएको छ।

जुगल गाउँपालिका सामुदायीक विकास तथा वातावरण संरक्षण मञ्च (CDECF) र उपभोक्ता समितिको त्रिपक्षीय समझौता भई साझेदारीमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको ह।जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकले झोलुङ्गे पुलको लागि स्टिल पर्ट्स सहयोग गरेको जानकारी जुगल गाउँपालिकाको प्रशासकिय अधिकृत लोक बहादुर विक ले जानकारी गराउनु भयो।

जुगल गाउँपालिका वडा नं ५,६,७ र बलेफी गाउँपालिका वडा न ३,४ ,६,७ का मानिसहरूलाई पैदल यात्र गर्न असार देखि कार्तिक सम्म कठिन अवस्था थियो। पुलको अभावमा किसानहरूले खेतबारीमा काम गर्न सकेका थिएनन्। पुल निर्माण भएसँगै जुगल बलेफीका किसानलाई अन बाली भित्र्याउन सहज भएको स्थानिय बासिन्दाहरू बताउँछन्।

साथै जुगल गाउँपालिका वडा नं२ लिदि जाने झोलुङ्गे पुल पनि निर्माण कार्य सम्पन्न भएको जानकारी जुगल गाउँपालिका कि उपाध्यक्ष सिर्जना तामाङले बताउँनु भयो।

पूल निर्माणमा सहयोगी हातहरु नेकपा केन्द्रीय सदस्य मधाव सापकोटा (सुबोध) जुगल गाउँपालिकाको अध्यक्ष होम नारायण श्रेष्ठ उपध्यक्ष सिर्जना तामाङ प्रशासकीय अधिकृत लोक बहादुर बिक जुगल ७ का वडा अध्यक्ष दिलकुमार लामा लगायतका सबै सहयोगी हातहरूलाई बोक्से खोला झोलुङ्गे पुल निमार्ण उपभोक्त समितिका अध्यक्ष गंगालाल तामाङले धन्यबाद दिनुभयाे।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...