News Portal

नेपाल सरकारले फेरी लकडाउन गर्ने तयारी

हिमालीसंचार संवाददाता
४१२ पटक

काठमाडौ – सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ। सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो।

समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो। मुख्यसचिव नेतृत्वको कार्यदलले मोडालिटी तयार पारेको जनाइएको छ। यद्यपी कहिलेदेखि मोडालिटी अनुसार लकडाउन गर्ने भन्ने टुङ्गो लागेको छैन्। ‘स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भनेका कारण त्यसको पेरिफेरीमा पुगेपछि मोडालिटीको विषयमा थप छलफल होला’ स्रोतले भन्यो।

लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...