News Portal

भोजपुरका सांसद सुदन किराँतीले विपन्न परिवारलाई जस्तापाताको छानो

हिमालीसंचार संवाददाता
४८७ पटक

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सुदन किराँतीले आफ्नो ब्यक्तिगत खर्चमा भोजपुरका स्थानीय एक विपन्न परिवारको घरको छानो जस्तापाता राखी फेरिदिएका छन्। 

सांसद राईले साल्पासिलिछो गाउँपालिका ५ दोभानेका उत्तरकुमारी राईको घर एक महिनाको तलब खर्चेर जस्तापाताले छाइदिएका हुन्। स्थानीय ४२ वर्षीया उत्तरकुमारी एक छोरा र दुई छोरीको साथमा बस्दै आएकी छिन् । श्रीमान् विगत दश वर्षदेखि बेपत्ता छन्। एउटा आँखा पनि राम्रो देख्दिनन्। बनिबुतो गरेर पेट पाल्दै आएका उनीहरू बस्ने घरको टुंगोसमेत राम्रो थिएन। 

स्थानीय गाउलेको सहयोगमा घर बनाइदिएका थिए। छानो छाउन राम्रो आय स्रोत थिएन। यो समस्या सांसद किराँतीले थाहा पाएपछि आफ्ना तलबबाट जस्तापाताको छानो हालिदिएका हुन्। स्थायी छानो पाएपछि विपन्न परिवारमा अहिले खुसी छाएको छ।

गाउँलेहरुले घर त बनाइदिनुभयो, तर छानो हाल्न सकेका थिएनौँ,’ गहभरी आँसु टिलपिल पार्दै उत्तरकुमारी बोलिन्, ‘हामी घरभित्रै पनि रुझ्दै बस्नुपर्थ्याे। हाम्रो दुःखमा घरैमा आएर सांसद राईले सहयोग गर्नुभएको छ, हामी अत्यन्तै खुसी भएका छौँ।

सांसद किराँतीले पनि सहयोग गर्न पाएकोमा निकै खुसी मिलेको बताए। ‘घरबारविहीन परिवारलाई मेरो एक महिनाको तलबसुविधा दिँदा उहाँहरू खुसी हुनुहुन्छ भने किन नदिने ?’ किराँतीले भने, ‘उहाँहरू छानो पाएर खुसी हुनुभयो, म उहाँहरूको खुसी देखेर झन् खुसी भएँ।

सांसद सुदन किराँतीले कम्तीमा महिनाको एकपटक आफ्नो निर्वाचन क्षेत्र पुगेर नागरिक र कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सुखदुःखमा साथ दिने गरेका छन्। रासस 

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...