News Portal

कर्णालीसहित अन्य प्रदेशका स्थानिय तहमा रहेका बिद्यालयले गरे पढाई सुरु

हिमालीसंचार संवाददाता
३३६ पटक

सुर्खेत – सरकारले आधिकारिक निर्णय नगरेपनि कर्णालीसहित विभिन्न प्रदेशका स्थानिय तहमा रहेका बिद्यालयले पढाई सुरु गरेका छन।

प्रदेश राजधानी वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम गरेर पढाउन थालेको प्रधानाध्यापक खगेन्द्र थापाले बताउनु भयो।

७० जना क्षमताको कक्षा कोठामा २० जना मात्रै राखेर पढाइएको भन्दै थापाले एउटा बेन्चमा एकजना र झण्डै दुई मिटरको दूरीमा विद्यार्थी बस्ने व्यवस्था गरेको बताउनु भयो। बिहान, दिउँसो र बेलुका गरी तीन वटा सिफ्टमा कक्षा सञ्चालन गरिएको थापाको भनाई छ।

उता, हुम्लाका तीन वटा गाउँपालिकाका ५१ वटा विद्यालयहरुमा पठनपाठन सुरु भएको दुई महिना भइसकेको छ। कोरोना सङ्क्रमणमा कमी आएको भन्दै गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

यस्तै, दैलेखको नारायण नगरपालिकासहित विभन्न तहका बिद्यालयमा पनि पढाई थालिएको छ। केही विद्यालयले पालिकासँगको समन्वयमा पठनपाठन सुरु गरे पनि सरकार भने अझै अलमलमा छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सामान्य अवस्थामा जस्तै गरी अहिले पठनपाठन सम्भव नभएको बताउनु भयो। शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय यसअघि नै गरिसकेको छ।

सरकारले शैक्षिक सत्र खेर जान नदिनका लागि अहिले रेडियो, टेलिभिजन र अनलाइनलगायत वैकल्पिक विधिबाट भईरहेको सिकाइलाई नै निरन्तरता दिन भनेको छ।

प्रतिकृया दिनुहोस्

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...