News Portal

घाँसपानी गरेर फर्किएको केही छिनमै गाईभैसी मृत

हिमालीसंचार संवाददाता
५७० पटक

सिन्धुपालचोक– बलेफि गाउँपालिका वडा नम्बर ६ जोगिडाँडाका रुद्रप्रसाद पराजुली शुक्रबार बिहान गाई भैसीलाई खोलेपानी र घाँसपात गरेर घर फर्किएका थिए। खाना खाएर घाँसपानी गर्न गोठ गएका उनले गाई र भैसी दुवै लडिरहेका थिए।

के भयो भनेर हेर्दा हेर्दै उनले भैसी र गाई नै मरिसकेको बताए।वडाध्यक्ष चित्र बहादुर तामाङका अनुसार घर छेउमै गोठ भएका रुद्रप्रसादको गाई र भैसी एक्कासि मरेको बताए। बिहान राम्रै घाँसपात दिएको वस्तुभाउ एक्कासि कसरी मृत अवस्थामा भेटिए यो आश्चार्यलाग्दो कुरा छ।

उनले भने?यो मात्रै होइन जोगिडाँडामा यसअघि यस्तै ४ वटा घटना भएका थिए। ती चारै घटनामा वस्तुभाउ गोठमा नै मरेको पाइएको थियो।वडाध्यक्ष तामाङका अनुसार दुई घटनामा विष दिएर वस्तु मारिएको प्रमाणित भएपनि अहिलेको यो घटना के कारण भयो थाहा हुन सकेको छैन्। वडाध्यक्ष तामाङले आफूलाई जानकारी हुनासाथ गाउँपालिकाको   पशु शाखालाई खबर गरी मृत्यु भएका गाई र भैसीको के कारण मृत्यु भएको हो परीक्षण गर्न नमूना संकलन आग्रह गरे।

सोही अनुसार नै परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको छ। केही दिनमा नै परीक्षणको रिपोर्ट आउने वडाध्यक्ष तामाङले बताए। गाई भैसीको मृत्युका कारण रुद्रप्रसादले दुई लाख रुपैयाँ क्षति भएको बताएका छन्।
सो वापत वडा तथा गाउँपालिकाले उनलाई केही क्षतिपूर्ति दिन नसक्ने बताएका छन्। वडाध्यक्ष तामाङले क्षतिपूर्ति के छ भनेर आफूले पालिकाको पशु शाखामा बुझेपनि त्यस्तो केही व्यवस्था नभएको गाउँपालिकाले बताएको बताए। वडाले भने तत्काल केही क्षतिपूर्ति दिने विषयमा सोच्ने उनले बताए।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...