News Portal

  • राष्ट्रपति भण्डारी पशुपतिमा जाँदा सर्वसाधारणलाई  रोकियो

    हिमाली संचार संवाददाता
    ६५३ पटक

    काठमाडौं – हिन्दु नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तिजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् ।

    भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जाँदा उनलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकाल, कोषाध्यक्ष डा.मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले स्वागत गरेका थिए । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट, गणेश भट्टले फूल एवं प्रसाद दिएका थिए ।
    सात लाखभन्दा बढी भक्तजन

    तिजका अवसरमा पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरेर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेको कोषका सदस्यसचिव डा.ढकालले जानकारी दिए । बेलुकी ८ बजेसम्म भक्तजन लाममा बसेर पशुपतिनाथको दर्शन गरेका थिए । राष्ट्रपति भण्डारी मन्दिर प्रवेश गर्नुअघि १ घण्टा लाम बसेका दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको थिएन ।

    यस वर्ष लाम व्यवस्थित गरिएकाले तिलगङ्गा–गौशाला–चावहिल मार्गमा दिनभर सार्वजनिक यातायात सञ्चालन भयो । यसले गर्दा पनि भक्तजन आवतजावत गर्न सहज भएको थियो । यस वर्ष १ घण्टामा मन्दिरभित्र पुगेर दर्शन गरी बाहिर निस्कन सकिएको झापाबाट आएकी दर्शनार्थी जानुका गुरागाईंले सुनाइन् ।

    दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । तिजका दर्शनार्थीलाई प्रवेश गराउन मन्दिरका ४ ढोका बेलुकी ८ बजेसम्म खुला गरियो । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा दिनभर भीड लाग्यो ।

    पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भर्‍याङ हुँदै कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको थियो ।

    जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने र वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको थियो ।

    दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भागमा स्थान छुट्याइएको थियो ।

    पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरियो । पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसी लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्यो । (रासस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...