News Portal

खोटाङको खानीडाँडा बिमानस्थलमा उडान सुचारु, लामीडाँडामा भने उडान अनिश्चित

हिमालीसंचार संवाददाता
४८४ पटक

खोटाङ – खोटाङ जिल्लाको मनमायाँ राई खानीडाँडा बिमानस्थलमा झण्डै ६ महिनापछि उडान सुचारु भएको छ। कोभिड–१९ का कारण अवरुद्ध भएको बिमानस्थलमा शनिबार नेपाल वायु सेवा निगमको जहाजले उडान भरेसंगै सुचारु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने बिमानस्थलमा हरेक शनिबार र बुधबार गरी दुई दिन उडान हुने नेपाल वायु सेवा निगम खानीडाँडा स्टेशन ईन्चार्ज नरेन्द्र राईले बताए ।

कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणकाक्रममा गत चैत्र ११ गतेदेखि लकडाउन सुरु भएसँगै खानीडाँडा विमानस्थलमा उडान ठप्प भएको थियो। खोटङ जिल्लामा तीन वटा बिमानस्थल भएपछि साविकको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढि प्रयोग हुने गरेको छ ।

यस्तै, वायु सेवा निगमले खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा पनि आगामी बुधबारदेखि नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको छ । तर, जिल्लाकै जेठो विमानस्थल लामीडाँडाका लागि भने निगमले उडान तालिका सार्वजनिक गरेको छैन ।

रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा बिमानस्थल रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र ओखलढुंगाका स्थानीयले उपयोग गर्दैआएका छन् । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थल २०७६ साल जेठमा कालोपत्रे गरिएको थियो ।

खानीडाँडा पुग्ने सडक हिलाम्मे

मनमायाँ राई खानीडाँडा विमानस्थल नियमित उडानका लागि तयार भए पनि दिक्तेलबाट विमानस्थलसम्म पुग्ने सडकको अवस्था भने नाजुक छ। विमानस्थलसम्म पुग्नका लागि प्रयोगमा आउने दिक्तेल–आहाले (१०.७९ किलोमिटर) सडक खण्ड कालोपत्रेको काम भइरहेको छ ।

कालोपत्रेको काममा ढिलासुस्ती हुँदा र वर्षाका कारण हिलाम्मे हुँदा सो सडकबाट विमानस्थल पुग्न असहज देखिएको युवा व्यवसायी अजय बस्नेतले बताए । ‘विमानस्थल उडानका लागि तयार भएर मात्र पुग्दैन,’ व्यवसायी बस्नेतले भने, ‘विमानस्थल पुग्ने सडकको अवस्था नाजुक छ। सडकको स्तरोन्नती समेत भएको छैन।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...