आज : २०२६-०७-०५, आइतबार

नकुल ढकाल “नबिन” डिम्पल गालैमा’ प्रकाश सपुत र रिना थापाको धमाका (भिडियो सहित)

राजु बोहरा/काठमाडौँ –  पछिल्लो समयमा बजारमा आएको  दोहोरी गित, डिम्पल गालैमा, छोटो समय मै निकै चर्चामा रहेको छ। गायक नकुल ढकाल “नबिन” को प्रस्तुतिमा रहेकोयस गीतलाई बिन्ध्याबासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो ।

अनकुल ढकाल “नबिन” र प्रिती आलेको कर्णप्रिय स्वर लहरिले सजिएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि नकुल ढकाल “नबिन” ले नै गरेका हुन् । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमाप्रकाश सपुत र रिना थापाको आकर्षक अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रकाश एस.के.ले गरेका छन् ।

हेर्नुहोस गीतको पूरा भिडियो।