News Portal

  • ऐसेलुखर्क रिब्दुङ महेश्वरीको वनगाँउमा केन्द्रिय विद्युत विस्तार

    हिमालीसंचार संवाददाता
    ४०१ पटक

    खोटाङ – खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका स्थित रिब्दुङ महेश्वरीको वनगाउँमा नेपाल विद्युत प्राधिकरणको बजेटमा केन्द्रिय लाइन विद्युत विस्तार गरिएको छ।

    पालिका स्थित प्रत्येक वडामा विद्युत विस्तार गर्नेक्रममा वनगाउँमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत उद्घाटन गरेका छन् ।

    आर्थिक वर्ष २०७५/०७६ मा प्राधिकरणले विनियोजन गरेको ५५ लाख ४६ हजारमा बनगाउँमा केन्द्रिय प्रशारणलाईन बिस्तार गरेका हुन् । हाल बनगाउँका ३५ घरमा वायरिङ गरेर विद्युत छाड्ने तयारी पुरा भएको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

    साविकको रिब्दुङ महेश्वरी–८ र ९ का करिब ९२ घरधुरीमा विद्युत बाल्ने तयारी भइरहेको छ । साविकको रिब्दुङ महेश्वरी–३, ४, ५, ६ र ७ मा स्थानीय सरकार कार्यान्वयनमा आउन अगाडी नै विद्युत विस्तार भइसकेको थियो । त्यी वडामा सामुदायीक विद्युतीकरण अन्तरगत दुबेकोलबाट विद्युत पुर्‍याइएको हो । साविकको रिब्दुङ महेश्वरी–१ र २ मा पनि अझै विद्युत विस्तार गर्न बाँकी रहेको छ । 

    विद्युत उद्घाटनकाक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निरौला, रावबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेल लगायतको उपस्थिति रहेको थियो।

    स्थानीय तहका कार्यान्वयनमा आएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा विद्युत बिस्तार भइसकेको छ । हाल ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा साविकको ऐसेलुखर्क–१, २, ३, ४ र ५ विद्युत बिस्तार गर्ने तयारी भइरहेको छ । यस्तै, साविकको ऐसेलुखर्क–६, ७, ८ र ९ मा पनि विद्युतीकरणको काम भइरहेको छ । 

    विद्युतीय सामग्री अभाव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। हालसम्म ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा हालसम्म विद्युत पुग्न बाँकी रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

    काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको...

    देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रु वैकल्पिक मार्गमा धपाउन प्रहरीको आग्रह

    काठमाडौं, साउन २५ — अविरल वर्षासँगै आएका बाढी र पहिरोका कारण देशका प्रमुख सात राजमार्ग...

    दैलेखमा १३ वर्षीया बालिकामाथि यौन हिंसा, दुई युवक पक्राउ

    दैलेख, साउन २५  — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ मा १३ वर्षीया एक बालिकामाथि यौन दुव्र्यवहार भएको...

    पशुपति आर्यघाटमा शव जलाउने क्रममा मासु र हड्डी निकालिएको घटनामा ब्राह्मण पक्राउ

    काठमाडौं, साउन २५ – पशुपति आर्यघाटमा जलाउन लगिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक...

    कोशी प्रदेशमा मन्त्रिमण्डल फेरबदलको चर्चा : मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र देउवासँग गम्भीर छलफल

    विराटनगर, साउन २५ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र...