News Portal

ऐसेलुखर्क रिब्दुङ महेश्वरीको वनगाँउमा केन्द्रिय विद्युत विस्तार

हिमालीसंचार संवाददाता
४७२ पटक

खोटाङ – खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका स्थित रिब्दुङ महेश्वरीको वनगाउँमा नेपाल विद्युत प्राधिकरणको बजेटमा केन्द्रिय लाइन विद्युत विस्तार गरिएको छ।

पालिका स्थित प्रत्येक वडामा विद्युत विस्तार गर्नेक्रममा वनगाउँमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत उद्घाटन गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा प्राधिकरणले विनियोजन गरेको ५५ लाख ४६ हजारमा बनगाउँमा केन्द्रिय प्रशारणलाईन बिस्तार गरेका हुन् । हाल बनगाउँका ३५ घरमा वायरिङ गरेर विद्युत छाड्ने तयारी पुरा भएको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

साविकको रिब्दुङ महेश्वरी–८ र ९ का करिब ९२ घरधुरीमा विद्युत बाल्ने तयारी भइरहेको छ । साविकको रिब्दुङ महेश्वरी–३, ४, ५, ६ र ७ मा स्थानीय सरकार कार्यान्वयनमा आउन अगाडी नै विद्युत विस्तार भइसकेको थियो । त्यी वडामा सामुदायीक विद्युतीकरण अन्तरगत दुबेकोलबाट विद्युत पुर्‍याइएको हो । साविकको रिब्दुङ महेश्वरी–१ र २ मा पनि अझै विद्युत विस्तार गर्न बाँकी रहेको छ । 

विद्युत उद्घाटनकाक्रममा पुर्वसभाषद दुर्गाजयन्ती राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निरौला, रावबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेल लगायतको उपस्थिति रहेको थियो।

स्थानीय तहका कार्यान्वयनमा आएपछि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा विद्युत बिस्तार भइसकेको छ । हाल ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा साविकको ऐसेलुखर्क–१, २, ३, ४ र ५ विद्युत बिस्तार गर्ने तयारी भइरहेको छ । यस्तै, साविकको ऐसेलुखर्क–६, ७, ८ र ९ मा पनि विद्युतीकरणको काम भइरहेको छ । 

विद्युतीय सामग्री अभाव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। हालसम्म ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा हालसम्म विद्युत पुग्न बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...