News Portal

इटहरी उपमहानगरद्वारा लैनो गाई भैँसीलाई सुत्केरी भत्ता

हिमालीसंचार संवाददाता
४३२ पटक

धरान –  इटहरी उपमहानगरले स्थानीय  कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले लैनो गाई भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।

इटहरी उपमहानगर पशुपंक्षी शाखा प्रमुख दुर्गालाल श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा पनि ३० वटा गाई भैँसीलाई सुत्केरी भत्ताको दिइएको थियो।

पशु बिमा गरेका पशुपालन किसानलाई गाई भैसी सुत्केरी भएपछि २५ सयका दरले भत्ता दिने गरिएको क्षेष्ठले बताए । कृषकहरूले पालेका गाई भैँसीलाई लैनो अवस्थामा पोषक खानेकुरा र भिटामिन दिएर दूधको उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रोत्साहन स्वरूप भत्ता दिन थालिएको उपमेयर लक्ष्मी गौतमले बताइन ।

चालु आर्थिक वर्षमा सय वटा लैनो पशुकालागि भत्ता दिन बजेट विनियोजन गरिएको उपमेयर गौतमले बताइन । लैनो पशुलाई भत्ता दिएर पशु बिमामा पनि प्रोत्साहन मिलो भन्ने उद्देश्यले भत्ता योजना राखिएको शाखा प्रमुख श्रेष्ठले बताए ।

यो आर्थिक वर्षमा २५ सय मूल्य बराबरको भिटामिन र पोषणयुक्त पशु खाद्य सामग्री खरिद गरेर वितरण गर्ने योजना समेत रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...