News Portal

भरतपुर अस्पताल वार्डभित्रै पानी पसेपछि

हिमालीसंचार संवाददाता
४१९ पटक

चितवन – भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन्। चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ ।ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीय बताउँछन्। पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुवानको समस्या हुने गर्दछ।

लगातार दुई दिनसम्म पानी पर्दा भरतपुर अस्पतालसँगै प्रायः सबै सरकारी कार्यालयहरु डुवानमा परेका छन्। भरतपुर महानगरपालिका अधिकांश वडा पनि जलमग्न भएका छन्।चार वर्ष अघि पनि अस्पतालको स्टोर कक्षमा पानी पसेको थियो । तर बिरामी राखिएकै कोठामा पानी पसेको भने यही वर्ष हो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...